Mar 02, 2022
बस्तुगत संघका नवनिर्वाचित कार्यसमितिलाई मकवानपुर उवासंघद्वारा स्वागत

२०७८ फागुन १८ गते

मकवानपुर उद्योग वाणिज्य संघले विभिन्न तीन वटा बस्तुगत संघहरुको नव निर्वाचित कार्यसमितिलाई संघमा एक कार्यक्रमका बीच स्वागत गरेको छ ।  नव निर्वाचित कार्यसमितिको सम्मानमा मकवानपुर उवासंघले स्वागत गर्ने र उहाँहरुलाई संस्थागत क्रियाकलाप गर्न प्रोत्साहित गर्ने उद्देश्यले स्वागत कार्यक्रमको थालनी गरिएको हो । संघले निर्माण सामग्री व्यवसायी संघ, मकवानपुर भाँडा व्यवसायी संघ र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघको कार्यसमितिलाई स्वागत गरेको हो । 

स्वागत तथा छलफल कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष बालकृष्ण बजगाई, मकवानपुर भाँडा व्यवसायी संघका अध्यक्ष हेमराज बानिया र मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईले मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा भएको छलफलमा बैंक व्याजदर, भि.सि.टि.यस. लगायत संस्थागत विषयहरुमा समेत छलफल गरिएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by