Feb 19, 2022
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ फागुन ७ गते

स्याङ्गजा जिल्ला उद्योग वाणिज्य संघको समन्वय र करदाता सेवा कार्यालय स्याङ्गजाको आयोजनामा १ दिने कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

पुतलीबजार नगरपालिकाका उप–प्रमुख महेश पुरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी समिति सदस्य बिक्रान्त कुमार श्रेष्ठ, स्याङ्गजा उद्योग वाणिज्य संघका पूर्व अध्यष नवराज सुवेदी, नागरिक समाज स्याङ्गजाका अध्यक्ष ओम प्रकाश शर्मा, व्यबसायी खिमानन्द पराजुली, संघका कोषाध्यक्ष सा खालिद मिया लगायतले मन्तव्य राख्नु भएको थियो ।

करदाता सेवा कार्यालय स्याङ्गजाका कर अधिकृत कपिलराज नेपालले कर शिक्षा र अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उद्यमी उपाध्यक्ष भवानी शर्माले धन्यवाद र महासचिब रामचन्द्र नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by