Jan 20, 2022

२०७८/१०/०६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को तेस्रो लहर ओमिक्रोन सहितको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिरहेको अवस्थामा यस जिल्लामा पनि कोभिड संक्रमणको दर उच्च रहि परिक्षण गरिएको संख्याको ५२ प्रतिशत भन्दा बढि संक्रमित भएको सन्दर्भमा यस महामारीबाट उत्पन्न हुने समस्या प्रति लेखनाथ उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र CCMC को सिफारिस, गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको DCCMC को बैठकले तय गरेको सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्नका लागि यस संघ आफ्ना सदस्य, सम्पूर्ण उद्योगी/व्यवसायी तथा आम जनसमुदायमा हार्दिक आग्रह गर्दछ ।

कोभिडको पहिलो र दोस्रो लहरले निम्त्याएको विषम परिस्थितिलाई ध्यानमा राखि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने हाम्रो दायित्व हो र आआफ्नो व्यवसाय संचालन गर्दा जनस्वास्थ्यका मापदण्डहरु– सामाजिक दुरी, माक्स, सेनिटाईजरको उचित प्रयोग, नियमित रुपमा सावुन पानीले हात धुने जस्ता आधारभुत स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नु गराउनुहुन हार्दिक अनुरोध गर्दछौं । संक्रमित व्यक्तिले आफ्नो दैनिक कार्य संचालन गर्दा गराउदा अन्य व्यक्तिलाई पनि संक्रमित गराउन सक्ने प्रवल सम्भावना हुनेहुदा आफुलाई संक्रमण भएको लक्षण देखिनासाथ सोको परिक्षण गराउनुहुन तथा परिक्षणको नतिजा प्राप्त नहुन्जेल सम्म आफ्नो दैनिक कार्यबाट अलगै बस्नु हुन यस संघ सवैमा अनुरोध गर्दछ ।

नेपाल सरकारले व्यवस्था गरे अनुसार तोकिएको उमेर समुहमा पर्ने व्यक्तिले कोरोना विरुद्धको खोप अनिवार्य रुपमा लगाउनुहुन, अत्यावश्यक सामाग्रीहरुको आपूर्ति सहज गराउनुहुन, बजारमा कृतिम अभाव सृजना हुन नदिन, कालो बजारी, मुल्य बृद्धि जस्ता कानुन विपरितका कार्य नगर्नु नगराउनुहुन समेत लेखनाथ उद्योग वाणिज्यसंघ समस्त उद्योगी व्यवसायीहरु समक्ष हार्दिक अपिल गर्दछ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by