Jan 28, 2022
मकवानपुर उवासंघद्वारा उद्योग संघको नवनिर्वाचित टोलीलाई स्वागत

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग संघ मकवानपुरका नव निर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलको अध्यक्षतामा गठित नव निर्वाचित कार्यसमितिलाई मउवासंघमा एक कार्यक्रम गरी स्वागत गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमका उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रिनाथ शर्मा, उपाध्यक्ष श्रीहरि मास्के, महासचिव किशोर अर्याल, कोषाध्यक्ष श्याम ढकाल, सचिव सुयसराज पराजुली, सहकोषाध्यक्ष बुद्धराज अर्याल, सदस्यहरु सविना सडौला, हरिहर आचार्य, शरदचन्द्र भट्टराई, नितिन जैन, दिवस चौलागाई, बज्रङ्ग सिंह र सुदर्शन अधिकारीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा दुबै संघको उद्देश्य समान भएकोले मिलेर अघि बढ्नुपर्ने, श्रम सम्बन्धी समस्याहरु मिलेर समाधानको लागि पहल गर्नुपर्ने, औद्योगिक क्षेत्रमा उद्योग स्थापनाको लागि भूमिका निभाउनु पर्ने, आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादन बढाउनु पर्ने, सरकारी नीतिनियमहरु उद्योग/व्यवसाय क्षेत्र प्रति प्रभावकारी बनाउन संयुक्त पहल गनुपर्ने जस्ता विषयहरुमा छलफल गरिएको थियो ।

कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष उज्वल चौलागाईले मन्तव्य राख्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by