Oct 20, 2021
लुम्बिनीमा पर्यटकिय विकासमा बारे छलफल

२०७८ कार्तिक १ गते 

स्पेनमा मुख्य कार्यालय रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका टोली संघमा पाल्नुहुँदा सचिवालयमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरियो । उपस्थित सवैलाई स्वागत गर्दै विदेशमा रहेर पनि मातृभूमी तथा लुम्बिनीको विकासमा लुम्बिनी गार्डेन फाउन्डेशनले खेलेको भूमीका उदाहरणीय रहेको  विचार व्यक्त गर्नु भएको थियो ।

लुम्बिनी गार्डेन फाउनडेशनमा अध्यक्ष जोसे म्यनुयलज्यूले फाउन्डेशनले शान्तिभूमी लुम्बिनीको पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लागि कार्य गर्ने बताउनु भएको थियो । साथै उहाँले म्यानामारबाट करिव बहुमुल्य पत्थरद्वारा निर्मित र बुद्ध भिक्षुहरुले आशिर्वाद दिएको कारिब २ मीटर अग्लो बुद्ध मुर्ति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा राखिने र सो बुद्ध मुर्तिको अनावरण सम्माननीय राष्ट्रपतिज्यूबाट गरिने बताउनु भएको थियो । सोको तयारीको लागि संघको भूमिका महत्वपुर्ण रहने बताउनु भएको थियो । 

उक्त छलफल कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीज्यू, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीज्यूले बुद्ध मुर्ति स्थापना र अनावरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

संघका महासचिव विजय पाण्डेज्यूको संचालनमा सम्पन्न उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष, बरिष्ठ उपाध्यक्षज्यूहरु लागायत लुम्बिनी फाउन्डेशनका उपाध्यक्ष गोविन्द  सुवेदी, महासचिव एकराज गिरीज्यूहरुले आ-आफ्नो धारणाहरु राख्नु भएको थियो । 

धन्यवादको क्रममा संघका अध्यक्षज्यूले फाउन्डेशनको पहलमा सिद्धार्थ उद्योग वाणिज्य संघ र स्पेनको कासुरेस चेम्बर अफ कमर्श विच ह भगिनी सम्बन्ध विस्तारको लागि सम्झौताका लागि संघ तयार रहेको बताउनु हुँदै सोको लागि फाउन्डेशन टोलीलाई धन्यवाद दिनु भएको थियो । उक्त छलफल कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, लुम्बिनी होटल संघका पदाधिकारीहरुको  सहभागिता रहेको थियो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by