Sep 16, 2021
उद्योगी व्यवसायीका समस्याहरु समाधानमा प्रतिबद्ध रहने प्रमुख लक्ष्य निर्धारण गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघको तीन दिने कार्ययोजना गोष्ठी सम्पन्न

मिति २०७८ भदौ २८ देखि ३० गते सम्म काठमाण्डौको सोल्टी होटलमा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघको बर्ष २०७७-२०७९ को लागि आयोजित तीन दिने कार्ययोजना तजुर्मा गोष्ठी रुपन्देहीका उद्योगी व्यवसायीहरुले भोग्नु परेको नीतिगत तथा अब्यवहारीक समस्या समाधानमा प्रतिबद्ध रहने मुख्य लक्ष्य निर्धारण गर्दै सम्पन्न भयो । 

संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा सम्पन भएको तीन दिने कार्ययोजना तर्जुमा गोष्ठिले उद्योग व्यवसायमा परेका विभिन्न समस्याको समाधान तथा संघको दिगो आर्थिक विकासका श्रोतहरु पहिचान लगायतका बिभिन्न  आर्थिक, सामाजिक विकासमा योगदान दिने विभिन्न उदेश्यहरु निर्धारण गरेको छ । काठमाण्डौको होटल सोल्टी क्राउन प्लाजामा आयोजित कार्ययोजना समापन समारोहको प्रमुख अतिथि रुपमा गोष्ठीको फोकल पर्सनको रुपमा  सहजिकरण बिनय महर्जनज्यूले सिद्धार्थ उद्योग वाणिज्य संघले लिएका उद्देश्यहरु उद्योगी व्यवसायीको हितमा रचनात्मक हुने र संघको विकासमा योगदान दिने खालका भएको बताउनु भएको थियो । 

संघका महासचिव विजय पण्डेज्यूमको संचालनमा भएको समापन कार्यक्रममा अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूले सबैको सक्रिय सहभागितामा लिएका उद्देश्यहरु कार्यान्वयन गरी उद्योगी व्यवसायीका समस्याहरु समाधानमा संघ प्रतिबद्ध रहेको बिचार व्यक्त गर्दे सबैमा धन्यवाद दिनु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by