Sep 06, 2021

लेखनाथ २१ भाद्र २०७८
 
लेखनाथ उद्योग बाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय पोखराको संयोजनमा बार्षिक ५ करोड भन्दा माथि कारोवार गर्ने व्यवसायिक फर्महरुले आर्थिक बिधेयक २०७८ मा व्यवस्था भए बमोजिम अनूसुची १० प्रबिष्ट गर्ने, आय विवरण, कर गणना गर्ने, खरिद तथा बिक्री खाता अनलाईनमा प्रविष्ट गर्ने जस्ता बिषयमा जानकारी दिने उद्देश्यले कर शिक्षा सम्बन्धि १ दिने तालिम सोमवारका दिन सम्पन्न गरिएको छ ।

यस क्षेत्रमा रहेका बिभिन्न व्यवसायिक प्रतिष्ठानहरुका ४३ जना प्रतिनिधिहरु सहभागी भई ZOOM  मार्फत सम्पन्न गरिएको उक्त तालिममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत मदन बहादूर केसीले आर्थिक बिधेयक २०७८ ले व्यवस्था गरेका बिभिन्न बिषयमा जानकारी गराउनु भएको थियो भने कम्प्यूटर अप्रेटर दिपक पौडेलले प्रयोगात्मक रुपमा सहभागीहरुलाई बिवरण प्रबिष्ट गर्नेबारेमा जानकारी गराउनु भएको थियो ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा सहभागि सवैलाई धन्यवाद दिंदै बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले कार्यक्रमको समापन गर्नू भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by