Jun 16, 2021

लेखनाथ, २ असार।
 
आन्तरिक राजश्व कार्यालय पोखराले लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगत रहेका ब्यवसायीहरुलाई सोमवार भरच्युल मिटिङ ( जुम ) को माध्यमबाट आर्थिक वर्ष २०७८/७९को बजेटमा उल्लेख भएका नितीगत परिवर्तनका बारेमा जानकारी गराईएको छ ।
 
लेखनाथ उद्योग बाणिज्य संघको अनुरोधमा भएको गोष्टिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले विश्वब्यापी रुपमा फौलिएको कोरना भाईरसका कारण ब्यवसायमा परेका समस्याहरु प्रति राज्य पनि चिन्तीत रहेकाले ब्यवसायीहरुका हक हितका सवालमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
 
राज्यले निजी क्षेत्रका ब्यवासायीहरुको हक हितका सवालमा यस आर्थीक वर्षको वजेटले नितीगत परिवर्तन र विभिन्न क्षेत्रमा दिएको छुटलाई भरपुर्ण तरिकाले उपयोग गरि ब्यवसाय उत्थानका लागि अगाडी वढ्न अनुरोध गर्नु भएको थियो ।
 
लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति, राजश्व परामर्श उप समिति, संस्थागत सदस्यहरु तथा वस्तुगत र बजार ब्यवस्थापन उप समिति लगायत बिभिन्न उप समितिहरुको सहभागीता रहेका बैठकमा संघका अध्यक्ष बलराम ढकालले जटिल अवस्थाको मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघ सदवै चिन्तीत रहेको र संघले विभिन्न तहमा कर छुटका सवालमा लभिङ गर्दै कोभिडका कारणले मर्कामा परेका ब्यवसायीहरुका पिर मर्काका वारेमा आवाज उठाउदै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको धारणा राख्नु भएको थियो ।
 
गोष्ठिमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगाएत पुर्व अध्यक्षहरुले पनि आफनो धारणा राख्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by