May 18, 2021
कार्यकारिणी समिति सदस्य गैरेको सम्झनामा शोक सभा, शोक प्रस्ताव पारित


कार्यकारिणी समिति सदस्य गैरेको सम्झनामा शोक सभा, शोक प्रस्ताव पारित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघको कार्यकारिणी समितिका सदस्य एवं वैदेशिक रोजगार फोरमका सभापति विष्णुप्रसाद गैरेको सम्झनामा भर्चुअल माध्यमबाट आज मिति २०७७ जेष्ठ ४ गते, मंगलवार सम्पन्न शोक सभाबाट देहायको शोक प्रस्ताव पारित भएको छ ।
 
सो सभामा शोक मन्तव्य राख्नुहुंदै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाईनै थेगिरहेको वैदेशिक रोजगार व्यवसायलाई के कसरी मर्यादित र व्यवस्थित बनाई शीपयुक्त जनशक्ति पठाउन सकिन्छ भन्ने अभियानमा निरन्तर खटिनु भएका गैरेको निधनबाट महासंघ र देशलाईनै क्षतिपुग्न गएको बताउनु भयो । कोभिड महामारिकाकारण धेरैको निधन भएको भन्दै त्यसप्रति दु:ख व्यक्त गर्नुहुंदै अध्यक्ष गोल्छाले महासंघ र यसको सञ्जाल मार्फत आम सर्वसाधारणको जीवन रक्षा र स्वास्थ्य समस्यामा परेकाहरूको सहयोगका लागि अग्रभागमा रहेर सेवा गरिरहेको बताउनु भयो । 
     
रित शोक प्रस्ताव
 
कोभिड १९ संक्रमणका कारण केही सातादेखि अस्पतालमा उपचाररत् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवं महासंघको वैदेशिक रोजगार फोरमका सभापति विष्णु प्रसाद गैरेको गएको वैशाख ३० गते, बिहीवार निधन भयो । उहांँको निधनबाट महासंघ परिवार मर्माहत भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका वर्तमान अध्यक्ष गैरे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएनका पूर्व अध्यक्ष र अक्सोन इन्टरनेशनल प्रा.लि.का संचालक हुनुहुन्थ्यो ।
 
मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विप्रेषणले धानेको छ । वार्षिक करिव ८ खर्व भन्दा बढी विप्रेषण मुलुक भित्रिने गरेको छ । बाहिर गई दु:ख श्रम गरेर पठाएको पैसाबाट मुलुकभित्र बस्नेले खुशी बाँडन पाएका छन् भने सरकारले आफ्नो दैनिक कार्य संचालन । तर यसको ठिक उल्टो वैदेशिक व्यवसायमा जानेहरूले भोग्नु परेका समस्या निकै पेचिला छन् । यीनै वस्तुतथ्यलाई मनन गरी वैदेशिक व्यवसायलाई व्यवस्थित, मर्यादित बनाई शीपयुक्त जनशक्ति पठाउने कार्यमा महासंघकातर्फबाट पनि केही योगदान पुर्‍याउन सकियोस भनेर महासंघको वर्तमान कार्यकालमा पहिलो पटक वैदेशिक रोजगार फोरमको गठन गरी त्यसको सभापतिको जिम्मेवारी गैरेलाई दिइएको थियो ।
 
यस अवधिमा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सीपयुक्त श्रमिक पठाउने कार्यमा सहजीकरण गर्ने र ऐन, नियम र कार्यविधिमा गर्नुपर्ने सुधार विषयमा सुझाव तयार गर्ने र कोभिडका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्कन चाहनेहरूलाई सहयोग गर्ने कार्यमा समेत उहाँ निरन्तर लागिरहनु भएको थियो ।
 
यही बीचमा मुलुकभित्र दोस्रो लहरको कोभिड १९ फैलन गयो । उक्त महामारीबाट उहाँ पनि आक्रान्त हुन भई अस्पताल भर्ना हुनु भएको थियो । उपचारकै क्रममा रहनु भएका गैरेको ५६ वर्षको उमेरमा निधन भयो । नेपालको वैदेशिक व्यवसायमा गैरेको निकै ठूलो योगदान रहेको छ । अत्यन्त मेहनती र जोश जांगर भएका व्यवसायी गैरेको निधनबाट महासंघ, समग्र वैदेशिक रोजगार क्षेत्र सहित सिंगो निजी क्षेत्रलाईनै अपुरणीय क्षति पुग्न गएको छ भने महासंघले आफ्नो परिवारको एक होनाहार सदस्य गुमाएको छ । 
 
उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । यस दु:खद घडीमा नेपाल उद्योग वाणिज्य महासंघ परिवार स्वर्गीय गैरेको श्रीमती, छोरा छोरी, आफन्त र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।
 
सो सभामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष(वस्तुगत) अन्जन श्रेष्ठले शोक मन्तव्य राख्नुहुंदै महासंघको वैदेशिक रोजगार फोरमका सभापति गैरेको निधनबाट उद्योग व्यवसाय, सामाजिक, खेलकूद, वैदेशिक व्यवसाय क्षेत्रलाई ठूलो क्षति पुग्न गएको र उहांको अभाव सधै खड्की रहने बताउनु भयो । शोक सभामा स्वर्गीय गैरेको सम्झनामा एक मिनेट मौनधारणा समेत गरिएको थियो । शोक सभामा महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका सचिवालयका कर्मचारीहरूको उपस्थिति थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by