May 06, 2021
अक्सिजन लगायत अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त अपील

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आफूसंग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गर्दछ ।

मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवं आर्थिक समस्यासंग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ । 

सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दछौ । यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर संचिति नगरि दिन हुन आग्रह गर्दछौ । यसैगरि अन्य व्यवसायीहरुसंग यदि सिलिन्डर छन भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछौ । 

यसैगरि अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मुल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु सम्वद्ध सबै व्यवसायीहरुमा अपील गर्दछौ । अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरुले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ । साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउदै अनावश्यक संचिति नगरिदिन हुन पनि अनुरोध गर्दछौ ।

यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छौ । 

हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्छौ र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भर्त्सना र विरोध गर्दछौ । चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्न एवं गैर प्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी पनि गराउन चाहन्छौ । 

 
शेखर गोल्छा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
 सतिशकुमार मोर
अध्यक्ष
नेपाल उद्योग परिसंघ 
राजेन्द्र मल्ल
अध्यक्ष
नेपाल चेम्वर अफ कमर्स

     
मिति २०७८ वैशाख २३, विहीवार
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by