Apr 11, 2021
प्रधानमन्त्रीज्यूबाट महासंघको ५५ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस समुद्घाटन् राष्ट्रिय आर्थिक रुपान्तरण २०३० सार्वजानिक (२०७७-१२-२९)

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७७ चैत्र २८ गते एक समारोहको बीच काठमाडौमा सम्पन्न भयो । वार्षिक साधारण सभाको सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीले समुद्घाटन गर्नुभयो । सोही समारोहमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट महासंघको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को लोकार्पण भयो । उक्त समारोहमा भिजन पेपरको कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रबाट सामूहिक प्रतिबद्धता समेत जनाइएको थियो ।



समुद्घाटन समारोहमा महासंघका उत्कृष्ट सदस्य संघहरुलाई सम्मानित गरियो । सम्मानित हुने सदस्य संघको नाम यसै साथ संलग्न छ । 

समारोहलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा सिंगो निजी क्षेत्रलाई बधाई दिनुभयो । मुलुकको उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको विकासमा महासंघको नेतृत्वदायी भूमिकाको प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो । सरकारसंग विकास वाहेक अर्को कुनै  एजेण्डा नभएको उहाँले स्पष्ट पार्नुभयो ।



महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा प्रधानमन्त्रीले पूर्ण प्रतिवद्धता जनाउनुभयो । सन् २०३० सम्म दीगो आर्थिक विकासको लक्ष्य पुरा गर्न सरकारले अगाडी सारेका लक्ष्यलाई पुरा गर्नसमेत महासंघको भिजन पेपरले सहयोग पुर्याउने विश्वास लिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार व्यापार घाटा घटाउन, निर्यात प्रवर्द्धन गर्न स्वदेशी उद्योगको प्रवर्द्धनमा केन्द्रीत छ । सरकार र निजी क्षेत्रको सहयोगविना यो सम्भव छैन । तसर्थ एकै साथ र एकैतालमा सरकारसंग अगाडी बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो – अहिले हिंसाको वातावरण छैन, अशान्तिको वातावरण छैन , श्रमको समस्या छैन, उर्जाको समस्या छैन, वातावरण निकैनै अनुकूल वन्दै गएकाले अव आर्थिक विकासमा अगाडी बढ्नै पर्छ । नत्र हामीले कुनै पनि हालतमा समृद्धिको सपना साकार पार्न सक्ने छैनौ । समृद्धिको सारथी निजी क्षेत्र नै हो । प्रधानमन्त्री ओलीले कहा“ सहयोग आवश्यक छ त्यहा“ सरकारले सहयोग गर्न तयार रहेको बताउनुहुँदै उद्योगी व्यवसायीहरुको लागि आफ्नो ढोका सदैव खुला रहने  स्पष्ट पार्नु भयो । 

महासंघले अगाडी सारेको सम्मानित निजी क्षेत्र समुन्नत नेपालको अभियानमा सरकारको पूर्ण समर्थन रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सम्मान गर्ने कार्यमा सरकारले कुनै कसर वांकी नराख्ने बताउनुभयो । मुलुकमा उद्योग व्यवसाय गर्नु भएको छ , रोजगारी सृजना गर्नु भएको छ, सरकारको ढुकुटीमा पनि सहयोग गर्नु भएको छ भने तपाईहरुलाई सम्मान नगर्ने कुरै हुँदैन प्रधानमन्त्रीले भन्नुभयो । सुदृढ अर्थतन्त्र समृद्ध नेपाल सम्मानित निजी क्षेत्र र समुन्नत नेपालको नारालाई हामी सवैले मिलेर पुरा गरौं । महासंघले सिंगो निजी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफ्नो पूर्ण विश्वास रहेको बताउनुहु“दै प्रधानमन्त्री ओलीले वार्षिक साधारण सभाको सफलताको लागि हार्दिक शुभकामना दिनुभयो ।  

सोही अवसरमा वंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीले भिडियो मार्फत साधारण सभालाई शुभकामना दिनुभएको थियो । शुभकामना सन्देश यसै साथ संलग्न छ

त्यस अघि स्वागत मन्तब्य दिनुहुँदै महासंघका अध्यक्ष शेखर गोल्छाले एउटा प्रष्ट भिजन लिएर अर्थतन्त्रको सुधारका लागि लाग्नु आवश्यक भएकाले महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) मार्फत मुलुकको अर्थतन्त्रको विकासको लक्ष्य किटान गरेको बताउनुभयो । अध्यक्ष गोल्छाले भन्नुभयो भिजन पेपरको मुख्य उद्देश्य निजी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिनका लागि मार्गचित्र तयार पार्नु हो । मुलुकको समृद्धिमा अहिले भन्दा अझ बढि, व्यवस्थित र प्रभावकारी योगदान दिन हामी तयार छौं अध्यक्ष्ँ गोल्छाले भन्नुभयो– त्यसैले त हामी नया“ नाराका साथ प्रस्तूत हु“दैछौं । अध्यक्ष गोल्छाको स्वागत भाषणको पूर्ण विवरण यसै साथ संलग्न छ




समुद्घाटन कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तब्य दिनुहुँदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भिजन पेपरको कार्यान्वयनमा महासंघ, नेपाल सरकार एवं सरोकारवाला सवै निकायहरुसंग समन्वय, सहकार्य एवं सहभागिताबाट मात्रै सम्भव छ भन्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले भिजन पेपरको कार्यान्वयनमा प्रधानमन्त्रीज्यूबाट प्राप्त प्रतिवद्धता प्रति खुसी व्यक्त गर्नुभयो । धन्यवाद मन्तव्यको पूर्ण पाठ यसै साथ संलग्न छ



समुद्घाटन समारोहमा महासंघका पूर्व अध्यक्षज्यूहरु, वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरु कार्यकारिणी समितिका सदस्यज्यूहरु महासंघका सदस्य संघ/संस्थाका मुख्य प्रतिनिधि, प्रतिनिधि र पदाधिकारीज्यूहरु, नेपाल सरकारका उच्च पदस्थ सरकारी अधिकारीहरु, उद्यमी व्यवसायीहरु, संचार कर्मीहरुको सहभागिता रहेको थियो ।

वार्षिक साधारण सभाको समुदघाटन समारोह पश्चात विभिन्न तीनवटा शत्रहरुमा भिजन पेपरका वारेमा माननीय अर्थमन्त्रीज्यू, माननीय श्रम तथा रोजगार मन्त्रीज्यू, उद्योग सचिव, वाणिज्य सचिवज्यूको समुपस्थितिमा प्यानल डिस्कसन समेत भएको थियो । प्यालन डिसकसनमा महासंघका उपाध्यक्षहरु क्रमशः दिनेश श्रेष्ठले राष्ट्रिक रुपान्तरण २०३० मा भएका अर्थ सम्बन्धी व्यवस्थाहरुबारे, अन्जन श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धी व्यवस्थाहरुबारे र रामचन्द्र संघईले  श्रम तथा रोजगार क्षेत्रमा भएका व्यवस्थाहरु बारे संक्षिप्त प्रस्तुति दिनुभएको थियो । वार्षिक साधारण सभामा भाग लिन आउनुभएका उद्यमी व्यवसायीहरुले उद्योग, वाणिज्य, कर, श्रम लगायतका क्षेत्रमा आ आफ्नो जिल्लाहरुमा रहेका समस्या समाधानका लागि आग्रह गरेका थिए । 

कार्यक्रमका कार्यपत्र तथा फोटो ग्यालरीको लागि यहाँ क्लिक गर्नु होला
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by