Mar 04, 2021
उद्योग वाणिज्य संघ–चितवनको स्वागत कार्यक्रम सम्पन्न

२० फागुन ,भरतपुर 

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । संघले चितवन जिल्लाका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारी र  सशस्त्र प्रहरी बल नेपाल, नं १७ गण हेडक्वाटर, आँपटारीका सशस्त्र प्रहरी उपरिक्षक दिपक कुमार थापालाई संयुक्त रुपमा स्वागत गरेको हो । 

संघको सभाहलमा आयोजित स्वागत एवम् छलफल कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको समग्र विकासमा स्थानिय प्रशासन, सुरक्षा निकाय र निजी क्षेत्र बिचको सम्बन्ध विगत लामो समय देखिनै सुमधुर रहंदै आएको बताउंदै आगामी दिनहरुमा पनि सम्बन्ध अझ बढी प्रगाढ हुंदै जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकासका लागि विकासको सार्वजनिक, निजी साझेदारी अवधारणा अनुरुप चितवनमा भएका कार्यक्रम र आगामी दिनमा आयोजना गर्न सकिने कार्यक्रमको वारेमा जानकारी दिंदै चितवनको व्यवसायिक विकासमा स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभयो ।

स्वागत कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्यमशीलता र औद्योगिक विकास बिना समृद्धि हासिल नहुने बताउंदै आर्थिक समृद्धिका लागि उद्यमशिलता उन्मखु हुन सुझाउ दिनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले व्यवसायीलाई निर्भय रहि व्यसायिक क्रियाकलाप अगाडी बढाउन अनुरोध गर्नुभयो । 

सोही कार्यक्रममा बोल्दै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवन जिल्लाको शान्ति सुरक्षा र अमन चयन स्थापना गर्नमा कुनै कसुर नराख्ने बताउनु भयो । 

सोही अवसरमा आफ्नो धारणा ब्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानले स्थानिय प्रशासन, सुरक्षा निकाय र उद्योग वाणिज्य संघ–चितवन बिच भएका सहकार्यका वारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास ब्यक्त गर्नुभयो । 

कार्यक्रममा संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सहनलाल प्रधानले विगत लामो समय देखि प्रत्येक दुई बर्षको अन्तरालमा आयोजना गर्ने चितवन महोत्सवको बारेमा जानकारी दिंदै यसरी आयोजना गरिने मेला तथा महोत्सवलाई अझ बढी व्यवस्थित गर्नका लागि आवश्यक समन्वय गर्नका लागि अनुरोध गर्नुभयो । 

संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, संघका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by