- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- देवचुली उवासंघको टोलीलाई लेखनाथमा स्वागत | April 16, 2021
- लेउवा संघ "क" बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित | April 11, 2021
- उवासंघ–चितवनका वस्तुगत संघको भेला सम्पन्न | April 08, 2021
- उवासंघ–चितवनको पूर्वबजेट सम्बन्धि छलफल कार्यक्रम | April 07, 2021
- लेउवा संघका पुर्व अध्यक्ष जमरकट्टेललाई सम्मान एवंम वधाई | April 07, 2021
लेखनाथमा ब्यवासाय दर्ता, नविकरण र खारेजीका बारेमा छलफल
February 26, 2021
लेखनाथ, १४ फागुन ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा शुक्रवार लेखनाथ क्षेत्र भित्रका उद्योग ब्यवसायीहरुका लागि फर्म दर्ता,नविकरण तथा खारेजीका सम्वन्धिमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको छ ।
उद्योग ब्यवसाय प्रवद्धनमा सहयोग पुर्याउने गरि लेखनाथ उद्योग बाणिज्य संघसाग आवद्ध ब्यवसायीहरुका विच राखिएको कार्यक्रममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले ब्यवसाय संचालन गर्दा ब्यसायीहरुले भोग्नु परेका समस्या र त्यसको निराकरणका लागि निर्देशनालय सहयोगीको भुमिका निभाउन तयार रहेको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख दिनेश प्रकाश आचार्यले उद्योग धन्दा संचालनका लागि आवश्यक प्रक्रिया पुर्याउन सकेको खण्डमा राज्यबाट पाउने सुविधा देखि परामर्श समेत पाउन सकिने सुझाव दिदै गरि खाने वर्गको हक हितका सवालमा घरेलु तथा साना उद्योग कार्यालयले काम गर्दै आएको विचार राख्नु भएको थियो ।
विभिन्न क्षेत्रमा पेशा ब्यवसाय गर्दै आएका ब्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष छत्रधर आत्रेय र उपभोक्ता हित संरक्षण निर्देशनालयका मोहराज ढकालले ब्यवसाय संचालन गर्दा राज्यले अगाडी सारेका निती नियम तथा परिधि भिक्र रहेर काम गर्दा सहज हुने विश्वास ब्यत्त गर्नु भएको थियो ।