- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- महासंघको प्रतिनिधिमण्डलद्वारा अर्थमन्त्री समक्ष भेटवार्ता, उद्यमी व्यवसायीका समस्या संवोधन गर्न आग्रह (२०७७/०९/२१) | January 05, 2021
- सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महासंघका नवनिर्वाचित पदाधिकारीहरूद्वारा भेटवार्ता (२०७७/०९/१२) | December 27, 2020
- संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष - नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको संयुक्त अपिल (२०७७/०९/०८) | December 23, 2020
- नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका सचिवहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना (२०७७/०९/०८) | December 23, 2020
महासंघका पदाधिकारी र आइएलओका देशिय निर्देशक बीच भेटवार्ता (२०७७/०९/२७)
January 11, 2021

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (International Labor Organization-ILO) का देशिय निर्देशक रिचार्ड हवार्ड (Dr. Richard Howard, Country Director) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो ।
सो अवसरमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भयो । भेटवार्तामा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आइएलओ बीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भयो
भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आइएलओले गरेको सहयोगको प्रशंसा गर्नुभयो । अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजना सहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरीरहेको जानकारी गराउनु भयो । साथै अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पुर्याउन लिगल हेल्प डेस्क अवधारणाका वारेमा छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाईका विषयमा जानकारी गराउनु भयो ।
सो अवसरमा देशिय निर्देशक (Dr. Richard Howard, Country Director, ILO) ले निजी क्षेत्रको प्रवद्र्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आइएलओ तयार रहेको विश्वास दिलाउन भयो ।
कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आइएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति थियो ।