- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- उद्योगहरूको गुणात्मक विश्लेषण सहितको अध्ययन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१६) | February 28, 2021
- महासंघ र नेपाल बैकर्स संघ बीचः ऋण सहजीकरणमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर (२०७७/११/१३) | February 25, 2021
- महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तारः मुलुकभित्र लगानी तथा प्रविधि आकर्षणका लागि अर्थपूर्ण कार्य गर्न अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१३) | February 25, 2021
- महासंघ र श्रम मन्त्री बीच भेटवार्ताः सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता (२०७७/११/१२) | February 24, 2021
- महासंघको सूचना तथा संचार प्रविधि समिति विस्तारः आइसीटीको विकासका लागि प्राथमिकताहरू तय गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१२) | February 24, 2021
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका सचिवहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना (२०७७/०९/०८)
December 23, 2020

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसंग आज काठमाडौंमा एक परिचयात्मक कार्यक्रमको आयोजना गर्यो । महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरु र नेपाल सरकारका उच्च पदाधिकारीहरु बीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपस्थिति मुख्य सचिवज्यू सहित सचिवज्यूहरुको स्वागत गर्दै सरकार निजी क्षेत्र बीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा महासंघको नवनिर्वाचित टिमको परिचय पनि गराउनु भयो ।
अध्यक्ष गोल्छाले भन्नुभयो– अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह पनि शुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर पर्यटन लगायतका केहि अति प्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अति प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौ ।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तार सहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मुख्य सचिव वैरागीले मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अगाडी बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउंदै हाम्रा तुलनात्मक लाभका क्षेत्रहरु मार्फत व्यापार घाटा कम गर्ने तर्फ हाम्रो संंयुक्त प्रयास केन्द्रीत हुनुपर्ने धारणा राख्नु भयो ।


के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पूंजी, शीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाई निजी क्षेत्रलाई सहयोग गर्न तयार छ, मुख्य सचिवले भन्नुभयो–मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।

कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने बातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा नेपाल सरकारका सचिवहरु, सहसचिवहरु, उपसचिवहरु, महासंघका पदाधिकारीहरु, समिति सभापतिहरुको उपस्थिति रहेको थियो ।