Dec 21, 2020
उवासंघ–चितवनको कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम

६ पुष,  भरतपुर,

उद्योग वाणिज्य संघ–चितवनले करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा,कर नीति, करको छुटको व्यस्था, व्यवसाय कर लगायतका विषयमा जानकार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र उठ्ने प्रयास गरिरहेको अवस्थामा कर, करजन्य विषय वस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताउनु भयो । कार्यक्रममा उहाँले व्यवसायीहरुले निश्चित भुगोलमा व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तब्य भएको बताउंदै  सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने दायित्व रहेको बताउनु भयो । सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमा बृद्धि भन्दा दायरा बृद्धिमा जोडदिनुपर्ने बताउनु भयो । करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले प्रत्येक व्यवसायी आ–आफ्नो व्यवसायको कर अधिकृत आफै रहेको बताउंदै व्यवसाय नभए कर पनि नहुने बताउंदै व्यवसायको सफलतानै कर संकलनको सफलता रहेको बताउनु भयो । कार्यक्रममा उहाँले आर्थिक विधेयक २०७७ ले ल्याएका विशेष छुट तथा कोभिड १९ प्रभावित क्षेत्रमा भएका सहुलियतका वारेमा सम्पूर्ण व्यवसायी जानकार हुनुपर्ने बताउंदै यस किसिमको कार्यक्रमको आयोजना गरेकोमा उद्योग वाणिज्य संघ–चितवन प्रति आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल र आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विमल घर्ति मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । कर शिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष,पदाधिकारी, संघका कार्यसमिति सदस्य ,पदाधिकारी लगायत ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता एवम् कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालन रहेको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम संघको आयोजना एवम् भरतपुर महानगरपालिका कार्यालय एवम् आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा आयोजना गरिएको हो । 

चेक हस्तान्तरण

सोही कार्यक्रमको अवसरमा संघका अध्यक्ष राजु श्रेष्ठले गत असोज १३ गते आगलागी भई ठुलो क्षति भएको संघको सदस्य अनुषा कृषि फर्मका प्रोपाईटर खगराज पाठकलाई व्यवसायी राहत कोष अन्तरगत २५ हजारको चेक हस्तान्तरण गर्नुभयो  । संघले सामाजिक उत्तरदायित्व एवम् व्यवसाय राहत कार्यक्रम अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य व्यवसायीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by