Dec 03, 2020
महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता (२०७७/०८/१८) 

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज उद्योग मन्क्रालयमा एक स्वागत कार्यत्रम आयोजना गरियो । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा आयोजित ऊक्त कार्यत्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि आफनो आगामी कार्ययोजना वारे जानकारी गराउनु भयो । 

मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई  र कोषाध्यक्ष सुकुन्तलाल हिराचन र उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल सहभागी रहनु भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिड पश्चात उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको शुरूवात गरिएको बताउनु भयो । अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको र डकुमेन्ट तयारी पछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताउनु भयो । 

विभिन्न कारणले यतिवेला गुमनाम हुन पुगेका कुनै समयका नेपालका स्थापित निर्यातमुलक उद्योगहरू जस्तो गार्मेन्ट, पश्मिना, गलैचा लगायतका उद्योगहरूको पुनरूत्थान गरी यूवाहरूलाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमलणमा भारततर्फ जाने विप्रेषण समेत रोक्न सकिन बताउनु भयो । अध्यक्ष गोल्छाले भन्नु भयो– मौद्रिक नीति मार्फत साना उद्यमी व्यवसायिका लागि दिइएका सुविधाहरू कार्यान्वयनमा मन्त्रालयले समन्वय गरिदिन पनि आग्रह गर्नु भयो । साथै उहांले दोहोरो करका कारण स्थानीयतहमा उद्योग व्यवसाय थप समस्या परेको पनि ध्यानकर्षण गराउनु भयो । लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सवै प्रोटोकलहरू कायम गरी अविलम्व संचालन गर्नुपर्नेमा पनि जोड दिनु भयो । 

सो अवसरमा महासंघका तर्फबाट अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्रयाउने वातावरण बनाउनु पर्ने, निर्यात प्रवर्द्धनका लागि विशेष प्याकेज आउनु पर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भैसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानूनसंगै नियमावली पनि ल्याइनुपर्ने, चेम्वर ल ल्याउनु पर्ने, उद्योग व्यवसायमा हड्ताल नहुने सुनिश्चितता गराउनु पर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरू राखिएको थियो । सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधै महासंघसंगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । 



महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्नुहुंदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझावहरू निकै महत्वपूर्ण रहेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टैनै महासंघका लगायतका अन्य व्यवसायिक संघ/संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी गराउनु भयो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by