Nov 30, 2020
महासंघको पदाधिकारी समिति पूर्ण (२०७७/०८/१५)

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुरुप आज कोषाध्यक्ष पदको निर्वाचन भएसंगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । 

महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरु डि.बी.बस्नेत र सुकुन्तलाल हिराचन २ जनाले कोषाध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको थियो । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणाम अनुसार सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएसंगै कोषाध्यक्ष हिराचनले पद तथा गोपनीयताको सफथ ग्रहण गर्नुभयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by