Nov 27, 2020
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको दोस्रो दिन आज बन्द सत्र अध्यक्ष भवानी राणाको सभापतित्वमा सम्पन्न भयो । बन्द शत्रलाई अध्यक्ष राणाले सम्बोधन (सम्बोधन भाषण यसैसाथ संलग्न)  गर्नुभयो । कार्यक्रममा महासंघका नि. महानिर्देशक मिना श्रेष्ठबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै सभाबाट प्रतिवेदन पारित भयो । त्यसैगरि कोषाध्यक्ष निरक के.सी.द्धारा प्रस्तुत महासंघको आर्थिक प्रतिवेदन पारित भयो । 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्धारहरु किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकाल, जिल्ला/नगर उपाध्यक्षका उम्मेद्धारहरु दिनेश श्रेष्ठ र गुणनिधि तिवारी, वस्तुगत क्षेत्रका लागि उपाध्यक्षका उम्मेद्धारहरु उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, एशोसियट क्षेत्रका लागि उपाध्यक्षका उम्मेद्धारहरु सौरभ ज्योति र रामचन्द्र सांघाईले आ–आफ्नो तर्फबाट नीतिगत मन्तब्य राख्नुभयो । 

समारोहमा ख वर्गबाट क वर्गमा स्तरोन्नती भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक व्यवसायिक विकासमा उल्लेख्य योगदान गरेवापत मुगु उद्योग वाणिज्य संघका अध्यक्षलाई कदर पत्र प्रदान गरियो ।

त्यस्तै महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु क्रमश: उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरु वावुराम निरौला, विन्दू श्रेष्ठ, विभुति प्रधान, कार्यालय सहयोगीहरु पित्तनारायण श्रेष्ठ र राधीका नेपालीलाई अध्यक्ष राणाले नगद सहित कदरपत्र प्रदान गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by