Nov 22, 2020

केहि दिनदेखि विभिन्न सञ्चार माध्यमहरूमा नेपाल उद्योग वाणिज्य महासंघ र अध्यक्ष भवानी राणाको नाम मुछेर भ्रामक र आधारहिन समाचारहरू प्रकाशन/प्रशारण भईरहेकोप्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

सञ्चार माध्यमहरूले हचुवाको भरमा सहि जानकारी नै नलिई एकतर्फीरुपमा अध्यक्ष र महासंघको छबि धुमिल्याउने गरी समाचार प्रकाशित गरिएकोमा त्यस्ता समाचारमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्दछौं । 

हाल कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त पारेको र नेपालमा पनि दैनिक कोभिड संक्रमण बढ्रदै गएकाले महासंघको आसन्न निर्वाचनलाई सतर्क र सुरक्षितरुपमा सम्पन्न गर्ने जिम्मेबारीसहित निर्वाचनका कार्यहरू संचालन भईरहेको जानकारी गराउँदछौं । साथै, निर्वाचनलाई स्वास्थ मापदण्ड पालना गर्ने विषयमा कार्यकारिणी समितिले सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको पनि जानकारी गराउँछौं । 

हामीलाई नेपाल सरकारले निर्वाचन गर्न दिएको स्वीकृतिमा पनि नेपाल सरकारले तोकेको स्वाथ्य मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएकोले सोहि अनुसार बाहिरी जिल्लाहरूबाट आउने निर्वाचन प्रतिनिधिहरू तथा जिल्ला तथा नगर उद्योग संघका प्रतिनिधिहरूलाई कोभिड १९ को संक्रमणबाट बचाउँदै उहाँहरुको मतदान गर्ने अधिकार सुनिश्चित गर्न महासंघले यस पटक स्वास्थ्य मापदण्ड पालना गरेको होटलमा सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउन लागेकोमा सो विषयलाई अनर्गल प्रचार गरी सार्वजनिकरुपमा भ्रम फैलाईएकोमा महासंघ आपत्ति प्रकट गर्दछ ।

यस्तो अनर्गल प्रचार गरी महासंघ र अध्यक्ष तथा समग्र निजी क्षेत्रकै छबिलाई धमिल्याउने र बदनाम गर्ने प्रयास गरिनु कदापी राम्रो होइन । त्यसैगरी महासंघले सबैको सरसल्लाह र व्यापक छलफल पश्चात गरेका निर्णयलाई आफनो स्वार्थ अनुकुल प्रचार प्रसार गरिनु दु:खद रहेको महासंघको बुझाई छ । 

अन्त्यमा, विषम परिस्थितिमा हुन लागेको महासंघको आसन्न निर्वाचनलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित बनाई निर्वाचन सम्पन्न गराउन सबैको सरसहयोग आवश्यक हुने हुँदा सकारात्मक र रचनात्मक भुमिका खेलिदिनका लागि समेत महासंघ हार्दिक अनुरोध गर्दछ ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by