Nov 08, 2020
नव नियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत–आफ्नो कार्यकाललाई सफल पार्ने दृढता, निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने (२०७७/७/२३)

राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा फरिणामदायी कार्य गर्ने धारणा जर्मनका लागि नवनियुक्त राजदुत राम काजी खड्काले व्यत्त गर्नुभएको छ । राष्ट्रले अघि सारेको रणनीति अनुसार जर्मनीमा रहेर आफूले नविनतम तवर (Innovative way)  ले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्यगर्ने बिचार उहाँको छ । महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानसंग आज महासंघ सचिवालयमा भएको भेटवार्तामा जर्मनीका लागि नवनियुक्त राजदूत रामकाजी खड्काले सो कुरा बताउनुभयो ।

नवनियुक्त नेपाली राजदूत राम काजी खड्काले कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र धारासायी भैरहेको समयमा आफू जिम्मेवारी सम्हाल्दै गरेता पनि आफ्नो तर्फबाट पूर्णरुपमा मुलुकको आर्थिक समृद्धिमा पहल गर्ने र त्यसका लागि निजीक्षेक्रसंग सहकार्य गरेर जाने विश्वास व्यत्त गर्नुभयो । 

त्यस अघि नवनियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गर्नुभयो । नेपाली उत्पादनहरु जुन संभावना बोकेका छन् ती उत्पादनहरुको बजारीकरण गरि निर्यात प्रवर्द्धनमा सघाउ पुर्‍याउन समेत उपाध्यक्ष प्रधानले आग्रह गर्नुभयो । महासंघको तर्फबाट राजदूतावासले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले बताउनु भयो । 

कार्यक्रममा महासंघका उपमहानिर्देशक मीना श्रेष्ठको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by