Nov 03, 2020

यस महासंघका पूर्व महानिर्देशक वद्री प्रसाद ओझाको मिति २०७७ कार्तिक १७ गते राती असामयिक निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ परिवार मर्माहत भएको छ । उहाँले मिति २०४८ साउन १ देखि २०६३ साउन २ गतेसम्म महासंघमा महानिर्देशक पदमा रही महासंघको संस्थागत एवं छवि विकासमा निकै ठूलो योगदान पुर्‍याउनु भएको थियो । उहाँ नेपाल भारत व्यापारका विषयमा राम्रो दख्खल भएका व्यक्ति हुनुका साथै उद्योग, व्यापार, व्यवसाय, अर्थतन्त्र र निजी क्षेत्रका विषयमा समेत जानकार हुनुहुन्थ्यो । उहाँको निधनबाट समग्र निजी क्षेत्रलाईनै आपूरणीय क्षति पुग्न गएको छ । दुःखको यस घडीमा शोकमा रहेको ओझा परिवारप्रति सिंगो महासंघ परिवार हार्दिक समवेदना प्रकट गर्दै स्वर्गिय ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by