Oct 06, 2020
कास्कीका प्रमुख जिल्ला अधिकारीलाई लेउवा संघमा स्वागत

लेखनाथ,२० असोज  ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई मंगलवार एक कार्यक्रमका बिच लेखनाथ उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

कोरना भाईरसका कारण लेखनाथ उद्योग बाणिज्य संघले आफ्नो २४ औं बार्षिक साधारण सभा नयाा तरिकाले गर्न लागेको संन्दर्भमा विभिन्न उपसमितिको बैठकमा उपस्थित हुनु भएका ढकाललाई संघले ब्यवसायीहरुका समस्या र यस क्षेक्रको वस्तुस्थितिका बारेमा जानकारी गराएको हो ।

कार्यत्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले उद्योगी ब्यवसायीले उत्पादन, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगार दिन सक्ने खालका कार्यक्रम ल्याएमा सरकारको तर्फबाट पनि सहयोग र साथ रहने विश्वास दिलाउनु भएको थियो ।

साथै उहााले सरकारी निती तथा नियममा रहेर संचालन भएका ब्यवसायले राज्यलाई पनि सहयोग गरेको प्रसंग उठाउदै राज्यले पनि ब्यवसायीको हत हितको सवालमा काम गर्ने र असल कामको सुरुवात ब्यवसायीहरुबाटै आउनु पर्ने धारणा राख्नु भएको थियो ।

सोही अवसरमा संघका अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष बावुराम गिरी र महासचिव गोपिचन्द्र वास्तोलाले संघको स्थापना काल देखि सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउनु भएको थियो ।

यसै विच संघको २४ औं साधारण सभाको तयारीका लागि विभिन्न १७ वटा उपसमितिहरुको बैठक वसि सुझाव संकलनको काम मंगलवार देखि सकिएको छ भने पूर्व घोषित कार्ययोजना अन्तरगत साधारण सभा कै जस्तो बार्षिक प्रतिवेदनबाट आएका सुझावका आधारमा असोज २५ गते बस्ने कार्यसमितिको बैठकले अनुमोदन सहित साधारण सभा सम्पन्न गर्ने योजना रहेको छ । 
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by