Sep 30, 2020
लेखनाथ,१४ असोज  ।

कोरना भाईरसका कारण भेला तथा जमघटबाट साधारण सभा गर्न नमिल्ने भएपछि लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्नका लागि विभिन्न उप समितिको बैठक बसी तयारीलाई अगाडी वढाईएको छ ।

संघको २४ औं साधारण सभाको तयारीका लागि असोज १ गते देखि ब्यवसायी सदस्यहरुका हातहातमा  प्रतिबेदन पठाउने काम भईरहेको र सोही प्रतिबेदन उपर संघद्धारा गठित विभिन्न उप समितिहरुको छुट्टा छुट्टै भेला गरि सुझाव संकलनको काम भएको भइरहेको छ  ।

वि स २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघमा आवद्ध एक हजार चार सय वाइस ब्यवसायी सदस्यहरुको हितमा सामुहिक नेतृत्व प्रणाली र प्रजातान्त्रिक विधिको अवलम्वन गरिे नयाँ तरिकाले बार्षिक साधारण सभा गर्न लागेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिनुभएको छ ।

अगाडी सारिएको कार्ययोजना अन्तरगत साधारण सभाकै जस्तो बार्षिक प्रतिवेदन सम्पुर्ण ब्यवसायीकोमा पु¥याईसक्ने र सोही प्रतिवेदनका आधारमा ब्यवसायीहरुबाट बैज्ञानिक विधीबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ गते  बस्ने कार्यसमितिको बैठकले सुझाव समेटी अनुमोदन अनुमोदन गर्ने र सोहि प्रकृयालाई साधारण सभा मान्ने भएको हो ।

भेलामा कोरना भाईरसका कारण ब्यवसायीले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरि ब्यवसाय उत्थानमा सहयोग पुर्याउन र साधारण सभाकै पुर्व तयारी अन्तरगत संघद्धारा गठित बिभिन्न १९ वटा उप समितिहरु मध्ये बजार ब्यवस्थापन उप समिति, तालिम व्यवस्थापन उपसमिति, निर्माण उप समिति, सुचना प्रविधि उप समिति, प्रकाशन उप समिति र बस्तुगत संघ परिचालन उप समितिका बैठकहरु सम्पन्न भएका छन् भने अन्य उप समितिहरुको असोज २१ सम्म बैठक वस्ने संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभएको छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by