Sep 07, 2020
महासंघका अध्यक्ष राणा र हङकङका लागि नवनियुक्त महावाणिज्यदूत बीच भेटवार्ता (२०७७/०५/२२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगर बीच आज ललितपुरमा औपचारिक भेटवार्ता सम्पन्न भयो । भेटवार्तामा नेपाल र हङकङ बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन तथा हङकङमा नेपाली वस्तुको प्रवद्र्धनमा विशेष जोड दिइयो ।  श्री रानामगर हालैमात्र हङकङ तथा मकाओका लागि नेपाली महावाणिज्यदूतमा नियुक्त हुनु भएको हो । 

सो अवसरमा अध्यक्ष राणाले नवनियुक्त महावाणिज्यदूतको स्वागत गर्नुहुंदै द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा महावाणिज्यदूतावासले गर्ने सबै प्रयासमा नेपाली निजी क्षेत्रले सहयोग गर्ने विश्वास दिलाउनु भयो । यसका लागि महासंघ निरन्तर सम्पर्कमा रही रहने पनि उहांले बताउनु भयो । कोभिडका कारण अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएकाले मुलुकभित्र वाह्य लगानी तथा प्रविधि आकर्षणमा नेपाली कुटनीतिक नियोगहरूले आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा अध्यक्ष राणाको सुझाव थियो । 

भेटवार्तामा नवनियुक्त महावाणिज्यदूत रानामगरले महासंघसंगको भेटवार्ता अत्यन्त महत्वपूर्ण भएको, आफनो कार्यकालमा द्विपक्षीय आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीचको सम्पर्क विस्तारलाई जोड दिने र निजी क्षेत्रसंग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।  

भेटवार्तामा महासंघको प्रदेश नम्वर ५ का अध्यक्ष गुणनिधी तिवारी, महासंघको रोजगारदाता परिषद्का सहसभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्यहरू डीवी बस्नेत, बिनोद ढकाल, सुनिल गोपाल श्रेष्ठ र रंजितराज आचार्य, महासंघ सचिवालयका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by