Sep 03, 2020
लेखनाथ उवासंघद्वारा स्वागत कार्यक्रम - आर्थिक क्रियाकलासंग भाग्ने होईन लड्नु पर्छ :मुख्य सचिव नेपाल

लेखनाथ,१८ भाद्र ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले राज्य संचालनका लागि आर्थिक क्रियाकलासाग भाग्ने होईन विषम परिस्थितिको सामना गर्दै लड्नका लागि अनुरोध गर्नु भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघले विहिवार राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

"विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कुनै पनि क्षेत्र अछुतो नरहेको अवस्थामा आम जनतामा सुशासनको प्रत्याभुति हुने गरी प्रदेश सरकारले काम गरिरहेको र आगामी दिनमा पनि सरकारी निकाय अझ बढि जिम्मेवारी भएर अगाडी वढ्ने छ" मुख्य सचिव नेपालको भनाई रहेको थियो ।

राज्य ब्यवस्था संचालनमा सवै जना जिम्मेवारी भएर सहि सुझाव र सकारात्मक सन्देश अपेक्षा गरिएको प्रसंग उठाउँदै प्रमुख सचिव नेपालले गण्डकी प्रदेशको विकास पर्यटन क्षेत्रबाट मात्र सम्भव भएकोले सोही अनुसारका भौतिक संरचना देखि प्राकृतिक स्रोत र साधनको संरक्षणमा योगदान दिनु पर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले आम ब्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरि संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष सुमन भट्टराई, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र वास्तोलाले आम ब्यवसायीहरुको समस्या प्रति सजग हुनु पर्ने सुझाव राख्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by