Sep 02, 2020
लेउवा संघमा गण्डकी प्रदेश ट्राफिक प्रमुखलाई स्वागत

लेखनाथ,१७ भाद्र ।

गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु प्रसाद ढकालले सवारी चालकसंग ट्राफिकको ब्यवहार सभ्य र सालिम हुने बताउनु भएको छ । ।

लेखनाथ उद्योग बाणिज्य संघले ढकालको सम्मानमा राखेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

आफुले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाले लगतै सडकमा उभिएका ट्राफिकको आनी बानीमा नै परिवर्तन हुने गरि मुस्कान सहित आवश्यक सोधपुछका कुरालाई अगाडी वढाउने बताउनु भयो ।

ट्राफिक प्रहरी दुर्घटना न्यूनिकरण गर्नका लागि अनुकुल तथा प्रतिकुल मौसम नभनी सडकमा उभिएका राष्ट्र सेवक हुन् तर नियम र परिधिमा रहेका सवारी चालकलाई दुःख दिने वा कुनै किसिमको आर्थिक लाभको काम ट्राफिकबाट हुन गयो भने आफुले सम्वन्धितलाई कारवाही गरेरै छाड्ने बताउनु भयो । साथै सवारी चालकले पनि कानून विपरीतका काम कारवाही गरेमा कानुन बमोजिमको कारवाही गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

ट्राफिक राज्यको प्रतिनिधी हो भन्ने भावनले सवारी चालकले पनि ट्राफिकलाई हेर्नु पर्ने सुझाव दिंदै ब्यवहारिक र कानूनी पक्षलाई हेरेर सबैको हित हुने गरि ट्राफिक ब्यवस्थापन हुन्छ, अनुगमन कार्यलार्ई दुःख  र झमेला नठानिदिन पनि उहाँले अनुरोध गर्नु भयो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले ब्यवसायीका व्यवहारिक पक्षलाई पनि हेरेर सवारी साधनको चेक जाँच गर्नु पर्ने सुझाव दिंदै दुःख दिने र राजश्व संकलनकै नाममा ट्राफिकका गतिविधी हुन नहुने धारणा राख्नु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र वास्तोला र द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा लगायतले दुर्घटनालाई न्यूनिकरण गर्नका लागि सबैलाई ट्राफिक नियमका बारेमा जानकारी गराउनु पर्ने आवश्यकता माथि प्रकाश पार्नु भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by