Aug 10, 2020
लेखनाथ क्षेत्रमा RTPCR संकलन कार्यक्रम
 
लेखनाथ,२६

प्रदेश जनस्वास्थ्य प्रयोगशाला र पोखरा महानगरपालिकाको समन्वय तथा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा उद्योगी व्यवसायी, सरकारी कार्यालय र संघसंस्थामा कार्यरत कर्मचारीहरुको RTPCR का लागि नमूना संकलन कार्य संघको हाताभित्र सम्पन्न गरियो ।

समुदायमा बन्दाबन्दीको समय तथा बन्दाबन्दी खुकुलो भएपश्चात् कोभिड-१९ को संक्रमणको अवस्था अप्रत्यक्ष रुपमा के कस्तो छ भन्ने उद्देश्यका साथ जनस्तरमा सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु, संघसंस्था, बैंक तथा वित्तिय संघसंस्था, उद्योग प्रतिस्ठान तथा व्यवसायिक घरनाबाट अग्र पङ्तीमा रहि सेवा प्रदायक कर्मचारीहरु र उद्योग प्रतिष्ठान तथा व्यापारिक घरना जो ग्राहकसंग दैनिक प्रत्यक्ष सम्पर्कमा रहेकाहरु मध्येबाट प्रतिनिधित्व हुने गरी २०४ जना व्यक्तिहरुको RTPCR का लागि नमूना संकलन कार्य सम्पन्न गरियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by