Jul 22, 2020
नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति (Press Realese of FNCCI) भनी मोनीका अधिकारीले २१ जुन २०२० तदनुरुप २०७७ असार ६ गते बेलुका ९ः४३ मा महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्ष्ँले गर्नु भएको ट्वीटको हवाला दिनुका साथै अन्य २ जना उपाध्यक्ष क्रमशः किशोर कुमार प्रधान र चन्द्र प्रसाद ढकालका उम्मेद्वारीका वारेमा प्रकाशित बिषयबस्तु एवं ५४ औं वार्षिक साधारण सभाको तयारीको बिषयमा उल्लेखित प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त विज्ञप्ति महासंघबाट जारी भएको नभई महासंघसंग सम्बन्धित नभएका असम्बन्धित व्यक्तिबाट अनधिकृत रूपमा जारी गरिएको पाईएको र यो पत्रकारिताको सामान्य सिद्धान्तको विपरित मात्र नभई सर्वस्विकृत आचार संहिताको गम्भीर उल्लंघन समेत हो । महासंघ यस्ता सबै प्रकारका आधारहीन प्रेस विज्ञप्ति प्रकाशित गर्ने व्यक्तिको कार्य तथा प्रवृत्ति दुवैको निन्दा एवं भत्सर्ना गर्दछ । 

महासंघले सम्पन्न गर्ने ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको वारेमा दिईने सूचना तथा जानकारीका अधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा वेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने÷गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघ जस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पुयाउनुका साथै सम्बन्धित सबै सदस्यहरू बीच भ्रम पैदा गर्दछ । महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पार्दछ । 

अतः यस्ता अनधिकृत एवं भ्रमपूर्ण कपोलकल्पित विज्ञप्तिको उल्लेखित बिषयमा कुनै सत्यता नरहेको सो भ्रामक समाचारका पछि नपर्न सम्बन्धित सबैमा महासंघ हार्दिक अपिल गर्दछ । यसरी भ्रमपूर्ण प्रेस विज्ञप्ति जारी गर्ने व्यक्ति मोनीका अधिकारीलाई कारवाही गर्न सम्बन्धित निकायलाई महासंघ हार्दिक अनुरोध गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by