May 01, 2020
महासंघका अध्यक्ष राणा र रोजगारदाता परिषदका सभापति ढकालबाट मे दिवसका अवसरमा व्यक्त शुभकामना

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले  १३१ औ अर्न्तराष्ट्रिय मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नु भएको छ । 

आफ्नो शुभ–कामना संदेशमा अध्यक्ष राणाले भन्नु भएको छ–

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससंग लडीरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ । अहिले हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो, हामी सवै एकजुट भई कोभिड १९ लाई परास्त गर्ने अभियानमा छौ । चाडैनै यो महामारी नियन्त्रणमा आउने हामीले आशा गरेका छौ । सम्भावित चुनौतीसंग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको छ । 

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने आवश्यकता र चुनौती हाम्रा सामुन्ने रहेको म यस अवस्थामा स्मरण गर्न चाहान्छु । कठिन चुनौतीको सामनाको साथै साझा समस्याको समाधान गर्न हामी सफल हुनेछौ भन्ने विश्वास गर्दै सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदि वहिनीहरूको सु-स्वास्थ्य र सुरक्षाको कामना सहित पुनः एकपटक हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 



आफ्नो शुभ-कामना संदेशमा रोजगारदाता परिषदका सभापति ढकालले भन्नु भएको छ–

आज सम्पूर्ण विश्व नोवेल कोरोना भाइरस (कोभिड १९) को महामारीको संकटबाट गुज्रिरहेको अवस्था छ । यसबाट बच्न विश्वका विभिन्न मुलुकहरूले आफ्नो मुलुकमा बन्दाबन्दीको घोषणा गरेका छन् । जसका कारण आज सारा संसार नै ठप्प प्रायः छ । अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । अस्तिमात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको छ । यो निकै प्रारम्भिक प्रक्षेपण मात्र हो । कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिादै गएमा यो दर अझ तल झर्ने निश्चित छ । नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि पूर्णरूपमा बन्दाबन्दीको अवस्थामा छ । विकास निर्माणका कामहरू सबै ठप्प छन् । उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द छन् । रेमिट्यान्सको आप्रवाह घट्दो छ । स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरू आफ्नो रोजगारीबाट विमुख हुादैछन् । अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाँदै छ । करोडौं मानिसले आˆनो रोजगारी गुमाउँदै छन् त्यतिनै संख्यामा मानिसहरू भोकमरी र खाद्य संकटमा पर्दैछन् । र, विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्दैछ । यस जोखिमपूर्ण महामारीको अवस्थामा तपाई हामी आपसी सद्भाव, मित्रता र समन्वयबाट आˆनो जीउधन र व्यवसायको सुरूक्षा गर्दै अगाडि बढ्नुपर्ने खाँचो छ ।  

ईतिहासको कठिन समयमा अझबढी समझदारीका साथ सहयात्रा गर्ने प्रतिवद्धताको लागि आग्रह गर्दै सबै श्रमिक दाजु भाई एवं दिदि बहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by