Mar 19, 2020
महासंघको पदाधिकारी समिति बैठकका निर्णयहरु (२०७६/१२/६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज महासंघ सचिवालयमा वसेको पदाधिकारी समितिको बैठकबाट देहायको निर्णयहरु गरिएको छ । 

निर्णयहरू

>> कोरोना भाइरसका कारण उत्पन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थिति समेतलाई आंकलन गर्दै कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न भएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका निर्णय समेतलाई आधार मान्दै महासंघको यही चैत्र २८ र २९ गतेका लागि पूर्व निर्धारित ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगन गरी नयाँ मिति २०७७ साल जेष्ठ ७ र ८ गते काठमाडौंमा गर्ने,

>> कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पुर्‍याउने,

>> कोरोनाका कारण उद्योग व्यवसायमा पर्ने असरका सम्बन्धमा विज्ञहरू समेतको संलग्नतामा अध्ययन गरी सुझाव तयार गरेर सरकारमा पेश गर्ने, 

>> महासंघका सवै सदस्य संघ/संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by