Mar 04, 2020

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था महासंघ र सम्पूर्ण निजी क्षेत्रका उद्यमी व्यवसायीहरूका तर्फबाट एक शुभ-कामना सन्देश जारी गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । अध्यक्ष राणाद्वारा जारी शुभ-कामना सन्देश यस प्रकार छः

नेपाल र नेपालीको सुख र समृद्धिको सपनालाई यथार्थतामा रूपान्तरण गर्न क्रियाशील सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यू मृगौला प्रत्यारोपण जस्तो जटील शल्यक्रियाका लागि आफ्नै मुलुकभित्र उपलब्ध उच्चस्तरको चिकित्सकीय सेवा र सुविधाप्रति पूर्ण विश्वस्त रहँदै यतिखेर शिक्षण अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्छ ।

मुलुकको कार्यकारी प्रमुखले मुलुकभित्रै उपलब्ध दक्ष र प्रतिष्ठित चिकित्सक र उहाँहरूबाट प्राप्त हुने सेवाप्रति देखाएको विश्वास एवं भरोसाले एकातिर सम्पूर्ण देशभक्त नागरिकलाई स्वास्थ्य क्षेत्रमा देखिएको प्रगतिप्रति गौरवान्वित हुने अवसर समेत प्राप्त भएको छ । यसप्रति हामी सबै सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी समेत छौ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको देशभक्तिपूर्ण शासकीय सोच, व्यवहार, बलियो आत्मबलको निजी क्षेत्रको छाता संगठनको अध्यक्ष समेतको हैसियतले अन्तर आत्माबाट प्रशंसा र कदर गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । साथै शीघ्र स्वास्थ्य लाभ पछि साधै झै शासकीय क्रियाशीलताको अपेक्षा समेत गर्दछौं ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by