Feb 28, 2020
महासंघ सचिवालयमा दीगो विकासका लागि व्यापार इकाई स्थापना (२०७६/११/१६)


नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रमा दीगो विकासका लागि व्यापार (Trade for sustainable-T4SD)  इकाईको स्थापना गरिएको छ । दीगो विकासका लागि व्यापार इकाई (ITC & FNCCI/AEC” T4SD /Trade for sustainable hub) नाउँ दिइएको उक्त इकाई स्थापनामा अन्तराष्ट्रिय व्यापार केन्द्र  (International Trade Center-ITC) ले सहयोग गरेको छ । 



इकाईको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय व्यापार केन्द्रका निमित्त कार्यकारि निर्देशक डोरोथी टेम्वो (Ms. HE. Dorothy Tembo, Acting Executive Director, ITC) ले आज एक कार्यक्रम बीच शुभारम्भ गर्नुभयो । सो अवसरमा कृषि उद्यम केन्द्रका सह–सभापति हेमराज ढकालको पनि उपस्थिति रहेको थियो ।
  
कृषि उद्यम केन्द्रले जेनेभास्थित अन्तराष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नवस्थापित इकाई मार्फत मुख्यतः नेपालमा कृषि क्षेत्रको विकासमा देखापरेका प्रमुख अवरोधहरूको पहिचानका साथै त्यसको समाधान, वातावरणमैत्री व्यवसायिक रणनीति विकास र अन्तराष्ट्रिय बजारसम्म नेपाली उत्पादनको पहुंच विस्तारमा कार्य गर्ने छ ।
 
यसका साथै प्रमुख निर्यातयोग्य वस्तुहरू चिया, कफी र औषधिजन्य वनस्पतीको अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा इकाई मार्फत काम गरिने छ । यसबाट नेपालको बाह्य व्यापार विस्तार तथा लगानी आकर्षणमा सघाउ पुग्ने विश्वास गरिएको छ । 

त्यसअघि वरिष्ठ उपाध्यक्ष गोल्छा र आइटीसीका निमित्त कार्यकारि निर्देशक डोरोथी टेम्वो (Ms. HE. Dorothy Tembo, Acting Executive Director, ITC) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता समेत भएको थियो । कृषि उद्यम केन्द्रका सह-सभापति हेमराज ढकाल र सचिवालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको सो अवसरमा उहाँहरू बीच कृषि उद्यम केन्द्रमा स्थापना गरिन लागेको इकाई, महासंघ र आइटीसी बीच हुंदै आएको सहकार्य र भावी योजनाका विषयमा विस्तृत छलफल भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by