Nov 30, 2019

श्रीलंकाको कोलम्वोमा आज आयोजना भएको चीन साउथ एशिया विजनेश काउन्सिल (2019 China-Soth Asia Business Council Meeting)  बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष र सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ । प्रतिनिधिमण्डलमा महासंघका महानिर्देशक धरणीधर खतिवडा हुनुहुन्छ । 

श्रीलंका उद्योग वाणिज्य महासंघको आतिथ्यता (Federation of Chamber of Commerce and Industry Srilanka) मा सार्क ऊद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry) र अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनिया फरिषद् (China Council for Promotion of International Trade) को संयुक्त तत्वधानमा आयोजित बैठकको श्रीलंकाका विदेशमन्त्रीले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा मन्तव्य दिनुहुंदै महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले चीन र साउथ एशिया बीचको सम्बन्ध विस्तार मार्फत यस क्षेत्रको आर्थिक सामाजिक विकासमा जोडदिनु भयो । पूर्व अध्यक्ष ढकालले सिंगो दक्षिण एशियानै लगानीका लागि आकर्षित क्षेत्र रहेकाले चीनको यस क्षेत्रमा लगानी तथा प्रविधि आकर्षणमा  सार्क उवासंघ र सीसीपीआइटी जस्ता क्षेत्रीय संस्थाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । 

समुद्घाटन पश्चात आयोजना भएको पहिलो प्राविधिक शत्र चीनको एक क्षेत्र एक रोड अन्तरगत चीन दक्षिण एशिया बीचको सहयोग अभिवृद्धि (Strengthing China-South Asia Cooperation under Belt and Road Initatives) का विषयमा चलेको थियो ।  सो शत्रमा सार्कका सदस्य राष्ट्रहरू र चीनका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो । छलफलमा सहभागीहरूबाट चीनले सशक्त रूपमा अगाडी बढाएको एक क्षेत्र एक रोड परियोजनाबाट दक्षिण एशियाली मुलुकहरूले लाभ उठाउनु पर्नेमा ऐक्यबद्धता जनाइयो । 

कोलम्वो बैठकले चीन साउथ एशिया व्यवसायिक फोरमको आगामी १५ औं बैठकका एजेण्डामाथि पर्याप्त छलफल एवं गृहकार्य गरी त्यसलाई अन्तिम रूप दिनेछ ।  फोरमको आगामी १५ औं बैठक सन् २०२० को जुनमा कुनमिङमा हुदैछ । कोलम्वो बैठक सार्क उवासंघका पूर्व अध्यक्ष म्याकी हसिम (Macky Hashim, Former President SAARC CCI) को अध्यक्षतामा भएको थियो । बैठकमा सार्क उवासंघका र सीसीपीआइटीका पदाधिकारीहरूले संवोधन गर्नुभएको थियो । 

श्रीलंका भ्रमणका क्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकाल र महासंघका महानिर्देशक खतिवडाले बैठकमा भागलिन आउनु भएका सार्क र चीनका सरकारी तथा व्यवसायिक नेतृत्वहरूसंग द्विपक्षीय भेटवार्ता एवं नेपाल र ती देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा छलफल गर्नुहुनेछ । कोलम्बो बैठकमा भाग लिन उहांहरू हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by