Nov 21, 2019

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडा र नेपालका लागि जापानी राजदुत मासामिची साइगो (H.E. Mr. Masamichi Saigo, Ambassador  of Japan to Nepal) बीच मंसिर ४ गते जापानी राजदुतावासमा भेटवार्ता भएको छ । 

उक्त भेटवार्तामा नेपाल जापान बीच सहयोग एवं सहकार्य, नेपाली निजी क्षेत्रको क्षमता विकास, व्यावासायिक वातावरण निर्माणका लागि प्रवर्द्धनात्मक कार्यक्रम, रोजगारी सृजना, जापानी शीप, प्रविधि तथा लगानी आकर्षण तथा निजी क्षेत्र –निजी क्षेत्र बीचको सहयोग, सहकार्य र सम्बन्ध विकासका विषयमा छलफल भयो । 

सो अवसरमा महासंघका महानिर्देशक खतिवडाले निजी क्षेत्रको विकास, आर्थिक विकास, स्वदेशी एवं विदेशी लगानी आकर्षणमा महासंघले निर्वाह गरी रहेको भूमिका, प्रादेशिक सरकारसंगको सहकार्यमा महासंघले थालनी गरेका कार्यहरूका वारेमा स्पष्ट पार्दै नेपालको तुलनात्मक प्रतिस्पर्धी क्षेत्रको रूपमा पहिचान गरिएका कृषि, पर्यटन, खाद्य प्रशोधन, बीउविजन उत्पादन लगायतका क्षेक्रमा आवश्यक जनशत्ति विकास, उत्पादकत्व बृद्धि, लगानी आदिमा जापानी सहयोगको खांचो औल्याउनु भयो । 

सो अवसरमा राजदूत मासामिची साइगोले नेपाल जापान बीचको दौत्य सम्बन्ध, आपसी सहकार्य र प्रगतिको प्रशंसा गर्दै राजदूतावासले नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघसंगको सहकार्यका लागि आपसी गृहकार्यमा जोड दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by