Nov 14, 2019
 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा आज बसेको महासंघको १४ औं कार्यकारिणी समिति बैठक देहायका निर्णयहरू गर्दै सम्पन्न भएको छ । महासंघका पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको बैठकले देहायका निर्णयहरू गरेको छ । 

निर्णयहरू

१.    नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधनको लागि यही २०७६ साल कार्तिक २९ गते हुने भनिएको विशेष साधारण सभा रोक्का गर्ने सम्बन्धमा स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन सहित पारित,

२.    सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने,

३.    उद्योगी/व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुंदै आएका व्यवहार/रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने,

४.    महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्व सचिव श्री धरणीधर खतिवडालाई नियुक्ति गर्ने निर्णय अनुमोदन सहित पारित ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by