Oct 31, 2019
अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरू महासंघ सचिवालयमा – आर्थिक कुटनीतिलाई केन्द्र विन्दूमा राखेर काम गर्ने नवनियुत्त राजदूतहरूको प्रतिवद्धता (२०७६/०७/१४)

राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा फरिणामदायी कार्य गर्ने धारणा नवनियुक्त राजदुतहरूले व्यत्त गर्नुभएको छ । 

आफ्नो जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानु अघि निजी क्षेत्रसँग छलफल गर्न महासंघ सचिवालयमा आउनु भएका अष्ट्रेलिया र स्फेनका लागि नवनियुक्त राजदूतहरू त्रमशः महेशराज दाहाल र दावा फुटी शेर्पाको सम्मानमा महासंघद्वारा आज आयोजना गरिएको भेटघाट एवं छलफmल कार्यक्रममा नवनियुत्त राजदुतहरूले सो धारणा व्यक्त गर्नुभएको हो ।

मुलुकले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा महासंघसँग समेत नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता उहाँहरूको छ ।

नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष भवानी राणाले उहाँहरूको कार्यकालको सफलताको कामना गर्नुभयो । अध्यक्ष राणाले विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण रहेको संदेश दिन, निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, पर्यटन, नेपालको कला सँस्कृति लगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाई दिन आग्रह गर्नुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका यूवाहरूको प्रमुख रोजाई बन्दै गएको अष्ट्रेलिया र यूरोपको एक महत्वपूर्ण देश स्पेनलाई नेपालसँग आर्थिक रूपमा जोड्ने झ्अयलयष्अ ऋयललभअतष्खष्तथ लाई मुख्य रुपमा जोड दिनुपर्ने सुझाव दिनु भयो । वरिष्ठ उपाध्यक्ष गोल्छाले नवनियुक्त राजदूतहरूलाई आफू कार्यरत देशहरूमा नेपाल लगानी सम्मेलन तथा नेपाल भ्रमण वर्ष सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजनामा जोड दिन सुझाव दिनुभयो । आफू कार्यरत मुलुकबाट लगानी, पर्यटन, प्रविधि आकर्षण र व्यवसायिक सम्बन्ध विस्तारमा के कुराको सहयोग निजी क्षेत्रले गर्नुपर्छ, तपाईहरूले खोजेको सहयोग गर्न महासंघ तयार छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नुभयो ।



कुन देशमा नेपालबाट के कस्तो वस्तु तथा सामान के कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका वारेमा आवश्यक सूचना महासंघ जस्ता सँस्थाबाट उपलव्ध गराउनु पर्ने सुझाव नवनियुक्त राजदूतहरूको थियो । निजी क्षेत्रको सुभाव अनुसार लगानी, प्रविधि, पर्यटन आकर्षण, बीटूबी सम्बन्ध विस्तार र व्यापार प्रवर्द्धनलाई आफूहरूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि उहांहरूले जनाउनु भयो । 



महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, नेपालबाट स्पेन र अष्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको छलफmल कार्यक्रममा नवनियुत्त राजदुतहरूको कार्यकालमा नेपाल र ती मुलुकका निजी क्षेत्र बीचको सम्बन्ध प्रगाढ बनाई निजी क्षेत्र मार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलव्धी मिल्ने धारणा पनि राखिएको थियो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीको पनि उपस्थिति थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by