Oct 17, 2019
श्रीलंकाको कोलम्बोमा कार्तिक १ र २ गते आयोजना हुने सार्क उद्योग वाणिज्य संघको ७८ औं कार्य समिति बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य, तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्‍यो । 

सार्क उवासंघको कार्य समिति बैठकमा नियमित एजेण्डाका साथै कार्तिक १ गते क्षेत्रीय व्यापार सम्मेलन, महिला सम्मेलन तथा SAARC Chamber Women Entrepreneurs Council (SCWEC) Chair handover (श्रीलंकाले अफगानस्थानलाई) कार्यक्रम रहेको छ । कार्तिक २ गते   सार्क उद्योग वाणिज्य संघको ७८ औं कार्य समिति बैठक तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्षहरुको बैठकको कार्यक्रम रहेको छ ।

सार्क राष्ट्रका निजी क्षेत्रका उद्यमी व्यवसायीहरू, सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनमा रणनीतिक र सामाजिक–आर्थिक अनुसन्धान संस्थान नेपाल (Institute for Strategic and Socio-Economic Research, Nepal) का अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेल सार्क उद्योग वाणिज्य संघको उक्त क्षेत्रीय सम्मेलनमा आर्थिक एकीकरणको सुदृढीकरण र विस्तारमा निजी क्षेत्रको भूमिका (Role of Private Sector in Strengthening and Enhancing Economic Integration) विषयमा वक्ताको रुपमा सहभागिता रहेको छ । 

महासंघका विशिष्ट सदस्य ढकालले नेपालको निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्नु हुने सो सम्मेलन तथा बैठकमा महासंघका उपाध्यक्ष एवं सार्क उवासंघका कार्यकारिणी समिति सदस्य उमेश लाल श्रेष्ठ, महासंघ तथा सार्क उवासंघका कार्यकारिणी समिति सदस्य अविनाश बोहोरा, महासंघका कार्यकारिणी समिति सदस्य तथा सार्क उवासंघका साधारण सभा सदस्य जय प्रसाद शिवाकोटी,  नेउवामहासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं सार्क उवासंघका साधारण सभा सदस्य राजेन्द्र राउत, सार्क उवासंघका कार्यकारिणी समिति सदस्य राजेन्द्र मान शेरचन, सार्क उवासंघका कार्यकारिणी समिति सदस्य देश बन्धु बस्नेत (अजित), सार्क उवासंघका कार्यकारिणी समिति सदस्य विजय मल्ल, सार्क उवासंघको महिला उद्यमी परिषद (SCWEC)   का उपाध्यक्ष सरोजनी शेरचन लगायतको सहभागिता रहेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by