Jul 21, 2019
निजी क्षेत्र र अर्थमन्त्री बीच छलफल  समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय (२०७६/०४/०५)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष आज अर्थ मन्त्रालयमा भेटगरी आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रस“ग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाबाट उत्पन्न समस्याका विषयमा गम्भीर छलफल ग¥यो । सो ऐनका कतिपय व्यवस्थाबाट उद्योग व्यवसाय संचालन गर्न अत्यन्त कठिन हुने भन्दै यतिखेर देशैभरका उद्यमी व्यवसायीहरू आन्दोलित छन् । 

सोही विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट माननीय अर्थमन्त्री, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र महासंघका अध्यक्ष भवानी राणा समेतलाई गत शुक्रवार राखेर आइतवार समस्या समाधानमा लाग्न आग्रह गर्नु भए अनुसारनै महासंघको प्रतिनिधिमण्डल र माननीय अर्थमन्त्री बीच भेटवार्ता भएको हो ।  

महासंघका पदाधिकारीहरू, महासंघका कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरू, अर्थ मन्त्रालयका सचिवहरू सहित वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा भएको छलफलबाट देहायको निर्णय भएको छ । 

निर्णय 

१) छलफलबाट (अर्थ मन्त्रालयका २, निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघका तर्फबाट उपाध्यक्षहरू किशोर कुमार प्रधान र उमेशलाल श्रेष्ठ, नेउवामहासंघको प्रदेश नम्वर तीनका अध्यक्ष दिनेश श्रेष्ठ र एकजना स्वतन्त्र विज्ञ संलग्न) एक समिति गठन गर्ने र सो समितिलाई आगामी शुक्रवारसम्मको कार्यअवधि दिई आर्थिक ऐनको व्यवस्थाबाट हाल उत्पन्न समस्याका विषयमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारी दिने । 

भेटवार्ताको प्रारम्भमा महासंघका अध्यक्ष राणाले आर्थिक ऐनमा रहेको केही प्रावधानहरूले उद्योग व्यवसाय गर्न अत्यन्त कठिनाई उत्पन्न हुने भएकाले मुलुकभित्र उद्योग व्यवसायको वातावरण बनाउनका लागि मालसामानको विवरण वेभमा आधारित वेव बेस भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम, स्थायी लेखा नम्वरको विषय, ढुवानीमा भ्याटको विषय लगायतलाई सरकारले तत्काल संवोधन गर्न आग्रह गर्नुभयो । 

आर्थिक ऐनले गरेका नया“ व्यवस्थाबाट मुलुकैभर व्यवसायीहरू आन्दोलित भएको समेत अध्यक्ष राणाले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष राणाले आर्थिक वृद्धिको अभियानमा रहेको सरकारलाई मुलुकभित्र उद्योग व्यापार निर्धक्कसंग संचालन गर्ने वातावरण बनाउन पनि आग्रह गर्नुभयो । 

सो अवसरमा माननीय अर्थमन्त्री डा. खतिवडाले आर्थिक ऐनका व्यवस्थाबाट निजी क्षेत्रलाई पर्न गएका कठिनाईहरूका विषयमा सरकार गम्भीर रहेको भन्दै निजी क्षेत्रले उठाएका आवाजहरूलाई सक्दो संवोधन गर्ने विश्वास दिलाउनु भयो । साथै उहा“ले निजी क्षेत्रलाई विरोधका कार्यक्रम फिर्ता लिएर आ–आफ्नो उद्योग व्यवसायमा लाग्न आग्रह समेत गर्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by