Jun 12, 2019
महासंघका विशिष्ट सदस्य ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलद्वारा  चीन साउथ एशिया फोरम बैठकमा सहभागिता (मितिः २०७६/०२/२९)
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले आज चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरम (14th China-South Asia Business Forum-CSABF) को बैठकमा भाग लियो । श्री ढकाल सार्क उवासंघको उपाध्यक्ष समेत हुनुहुन्छ ।

अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद (China Council for the Promotion of International Trade–CCPIT) र सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce and Industry-SCCI)  द्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो । 

फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको छ । 

बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य,महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ, वरिष्ठ अधिकृत परशुराम नेपाल, अधिकृत कृति खतिवडा सहितको महासंघको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।   

बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्र (MoU) मा हस्ताक्षर समेत भएको छ । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघ÷नेपालको तर्फबाट महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ । 

सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला (China Import & Export Fair Kunming and South Asian Countries Trade Fair 2019) समेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन ग¥यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ ।

त्यसअघि हिजो चीनको कुनमिङमा योग्सी शहरमा आयोजना भएको चाइना साउथ एशिया सहयोग मंचको दोस्रो बैठक (The 2nd China-South Asia Cooperation Forum)    लाई महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालले संवोधन गर्नुभयो । सो कार्यक्रमलाई संबोधन गर्नुहुंदै उहांले सार्क राष्ट्रहरूको अर्थतन्त्र विविधात्मक भएकाले यस क्षेत्रको आर्थिक विकासमा सदस्य राष्ट्रहरू बीचको बलियो सहकार्यमा जोड दिनु भयो । 


सार्क राष्ट्रहरूमा भौगोलिक, सास्कृतिक विविधता, सहज यातायात लगायत पर्यटनकोे लागि सार्क क्षेत्र विशेष भएको महासंघका पूर्व अध्यक्ष ढकालले बताउनु भयो । उहा“ले भन्नुभयो ‘नेपालले बीआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रूपमा मानेको छ । नेपालमा भएका युवाहरूलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’ बीआरआईले नेपाललाई सार्क क्षेत्र र चाइना जोड्ने कनेक्टीभिटी हवको रूपमा स्थापित गर्नसक्ने पनि उहँ“ले बताउनु भयो । 

चीनले विश्वमा आफुलाई उत्पादन विविधिकरण र निरन्तर आर्थिक विकास गरीरहेको मुलुकको रूपमा चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनु भयो । चीन नया“ प्रविधिको विकासको कारण विश्वमा चिनिएको बताउनु हुदै उहा“ले नेपालले ती प्रविधिलाई ग्रहण गर्न सक्नुपर्नेमा जोड दिनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by