Jun 12, 2019
–मेडिकल क्षेत्रमा नेपाल—भारत सहकार्यका विषयमा  दुवै देशका उद्यमी व्यवसायीहरू बीच छलफल–(मितिः २०७६/०२/२९)
नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीहरू बीच मेडिकल क्षेत्रमा आपसी सहकार्यका विषयमा बृहद छलफल भयो । आपसी सहकार्यका विषयमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्र (Confederation of Indian Industries, Eastern Region -CII) का मेडिकल व्यवसायमा आवद्ध उद्यमीहरू र नेपाली हस्पिटल÷मेडिकल उद्यमी व्यवसायीहरू बीच आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालमा सो छलफल भएको हो । 


छलफलमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ र भारतीय टोलीको नेतृत्व सीआईआई हेल्थकेयर इस्टर्नका अध्यक्ष्ँ रूपक बरूवा (Mr. Rupak Baruwa, Chairman of Healthcare Eastern Region,CII) ले गर्नु भएको थियो । सीआईआई प्रतिनिधिमण्डलमा १४ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । 
सो अवसरमा भएको छलफलमा मेडिकल क्षेत्रमा हुन सक्ने संयुक्त लगानी, जनशक्ति विकास, तालीमको आदान प्रदान, अध्ययन अन्ुसन्धान, दुई देश बीच हाल रहेको नीतिगत व्यवस्था, स्वास्थ्य क्षेत्रको यथार्थ अवस्था लगायतमा बृहद छलफल भयो । बैठकमा नेपाल र भारत छिमेकी मुलुक भएकाले स्वास्थ्य सेवा लिन दुवै देशका नागरिक दुवै देश आउने÷जाने परम्परा रहेता पनि नेपालीहरू भारतमा गएर उपचार गर्दा भाषागत समस्या, अपरिचित डाक्टर लगायतका केहि कठिनाईहरू रहेकोले ती कठिनाईहरूलाई सुल्झाउन पर्ने नेपाली पक्षबाट जोड दिइयो । 



बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष श्रेष्ठले नेपालको मेडिकल क्षेत्र राम्रो रहेको बताउनुभयो । नेपालको मेडिकल उत्पादनहरू उत्कृष्ट रहेको र विभिन्न मुलुकहरूबाट नेपालमा मेडिकल शिक्ष्ाँका लागि विद्यार्थीहरू आउने क्रम वर्षेनी बढ्दै गएको पनि जानकारी गराउनुभयो । दुवै मुलुक बीच यस क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको र यो छलफलले आगामी दिनमा सहकार्यको ढोका खुल्ने उहांले विश्वास प्रकट गर्नुभयो ।  उपाध्यक्ष श्रेष्ठले महासंघ र सीआईआई बीचको आपसी सम्बन्धका विषयमा पनि चर्चा गर्नुभयो । 
सीआईआई प्रतिनिधिमण्डलका नेता बरूवाले नेपालको मेडिकल क्षेत्रको विकास देखेर आफु प्रभावित भएको बताउनुभयो । बैठक अगाडी आफूले काठमाडौं स्थित केही ठूलो अस्पतालहरूको स्थलगत भ्रमण गरी छलफल गरेको पनि उहा“ले जानकारी गराउनु भयो । नेपाली अस्पतालहरूले अवलम्वन गरेका प्रविधिहरू अत्यन्त आधुनिक रहेको र कतिपय त भारतमा भएका प्रविधि भन्दा माथिल्लोस्तरको रहेको आफूले पाएको बताउनुभयो । सीआईआई र महासंघ बीच प्रगाढ सम्बन्ध रहेकाले यो सम्बन्धको भरपुर सदुपयोग गर्दै मेडिकल क्षेत्रमा आपसी लाभ हुने गरी कार्य गर्नुपर्नेमा भारतीय प्रतिनिधिमण्डलका तर्फबाट जोड दिइयो ।  



कार्यक्रममा महासंघका कार्यकारिणी समिति सदस्य एवं नेउवामहासंघ प्रदेश नं. ३ का अध्यक्ष्ँ दिनेश श्रेष्ठ, कार्यकारिणी समिति सदस्य जय सिवाकोटी र नेपाली अस्पतालका संचालक तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली अस्पतालहरूले दिंदै आएको सेवा, सुविधा, जनशक्तिको अवस्था, नया“ प्रविधिहरू लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । 



आजै सीआईआई प्रतिनिधिमण्डलले माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव समक्ष  स्वास्थ्य मन्त्रालयमा भेटगरी नेपाल र भारत बीच स्वास्थ्य क्षेत्रमा हुन सक्ने सहकार्यका विषयमा छलफल ग¥यो । साथै प्रतिनिधिमण्डलले पर्यटन मन्त्रालयका सचिव लगायत उच्च अधिकारीसंग पनि भेटवार्ता समेत ग¥यो । 

  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by