Jun 11, 2019
आर्थिक विधेयक २०७६ मा भएको कर नीति सम्बन्धमा अन्तरक्रिया 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको दोस्रो वार्षिक उत्सवको अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको आतिथ्यतामा आर्थिक विधेयक २०७६ मा व्यवस्था भएको फरिवर्तित कर नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम जेठ २७ गते लेखनाथमा सम्पन्न भयो । 

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव वहादुर कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष मोति प्रसाद पौडेल, कोषाध्यक्ष बलराम ढकाल, कार्यसमिति सदस्य हरिप्रसाद गैहे, रोजगार परिषदका सभापति लक्ष्मीप्रसाद त्रिपाठी, लेउवा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष बाबुराम गिरी  लगायत यस क्षेत्रका उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको ऊक्त कार्यत्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीले आर्थिक विधेयक २०७६ मा व्यवस्था भएको परिवर्तित करको सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद मन्तव्य राख्नुभएको ऊक्त कार्यत्रम संचालन लेखनाथ उवा संघका महासचिव भरतकुमार अधिकारीले गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by