Jun 06, 2019
स्थानीय सरकारका पदाधिकारीहरूलाई  सुशासनका विषयमा तालीम आयोजना (मितिः २०७६।०२।२३)
नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालीम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भयो । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीहरूका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।
 
कार्यक्रमको एक समारोहका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी (H.E. Randy Berry, Ambassador, US Embassy in Nepal) ले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । 

कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि मन्त्री पण्डितले जनता र स्थानीय सरकार बीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी संचालनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । मन्त्री पण्डितले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पुरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतास“ग जोडिएर प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न पनि स्थानीय पदाधिकारीहरूलाई आग्रह गर्नुभयो । 


जति जनतासंग घुलमिल गरेर जान सकिन्छ त्यतिनै सुशासन कायम गर्न सकिने भएकाले आफ्ना हरेक योजना र निर्णयमा स्थानीय जनतालाई साथै लिएर जान पनि उहा“ले सुझाव दिनुभयो । प्रमुख अतिथि मन्त्री पण्डितले निजी क्षेत्रस“गको सहकार्यमा पनि जोड दिनुभयो ।
महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्नुहु“दै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताउनु भयो । नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्नेमा अध्यक्ष राणाको जोड थियो ।


नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी गराउनु भयो । संघीय सुशासन सम्बन्धी यो तालीम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार संचालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास समेत राजदूत बेरीले प्रकट गर्नुभयो । 


प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालीमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो । अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला (Mr. Ron Sitoula (Kiran), Vice Mayor of the Town of Indian Head in Maryland) , प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम दिनुहुने छ । कार्यक्रममा महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, महासंघ सचिवालय र अमेरिकी राजदूतावासका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by