Mar 30, 2016

ताइवानमा आजदेखि भैरहेको एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरुको सर्वोच्च संस्था एशिया प्याशिफिक चेम्वर अफ कमर्स (Asia-Pacific Chambers of Commerce & Industry -CACCI) को योजना समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं क्याशीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले भाग लिइरहनु भएको छ ।

पूर्व अध्यक्ष श्रेष्ठ उक्त बैठकमा भाग लिन आइतवार त्यसतर्फ प्रस्थान गर्नु भएको हो । बैठकमा क्याशीको आगामी नोभेम्वरमा ताइपेइमा हुने ३० औं सम्मेलनको तयारीका विषयमा छलफल हुने कार्यक्रम छ । एशिया प्रशान्तका निजी क्षेत्रको प्रतिनिधि संस्था क्याशीको नेपाल उद्योग वाणिज्य महासंघ सक्रिय सदस्यको रुपमा रहि आएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by