Feb 08, 2017
पूर्व उपाध्यक्ष चिरन्जीवी निधि तिवारीको निधनमा महासंघद्वारा श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारित (२०७३/१०/२६)

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाको सभापतित्वमा महासंघको सचिवालयमा आज मिति २०७३ माघ २६ गते बुधबार बसेको शोक सभा, महासंघका पूर्व उपाध्यक्ष्ँ चिरन्जीवी निधि तिवारीको यही माघ १९ गते बुधबारका दिन भएको असमायिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्तावमा उहाँको निधनले निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख गर्दै स्वर्गीय तिवारीले महासंघलाई पुर्याउनु भएको योगदानलाई निरन्तर कदर÷ सम्मान सहित सम्झि रहने उल्लेख छ ।

वि.सं. २००१ मंसिर २२ मा काठमाडौंको कमलपोखरीमा जन्मनु भएका स्वर्गीय तिवारी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । पछिल्लो समय क्यान्सर रोगको अपरेशन पश्चात आराम गरिरहनु भएका उपाध्यक्ष तिवारीलाई गत १९ गते एक्कासी छातीमा समस्या आएपछि उपचारका लागि हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा पु¥याइएको थियो । उहाँको सोही दिन उपचारको क्रममा निधन भएको थियो । उहाँ ७३ वर्षको हुनुहुन्थ्यो । स्वर्गीय तिवारीका श्रीमती, दुई छोरा र दुई छोरीहरु हुनुहुन्छ ।

महासंघमा वि.सं. २०४७ देखि ५२ सम्म दुई कार्यकाल कार्यकारिणी समिति सदस्य र वि.सं. २०५२ देखि ५४ सम्म द्वितिय उपाध्यक्ष्ँमा रहेर महासंघको विकासका साथै महासंघलाई आजको स्थितिमा पुर्याउन उहांले उल्लेखनीय योगदान गर्नु भएको थियो । हठी स्वभावका स्वर्गीय तिवारी व्यवसायीका समस्या एवं निजी क्षेत्रका आवाजलाई सशक्त ढंगमा उठाउन सक्ने व्यसायीका रुपमा चिनिनुहुन्थ्यो । व्यवसायीहरुको हक हित लागि उहाँ निरन्तर रुपमा लागिरहनुहुन्थ्यो । निजी क्षेत्रलाई निरन्तर रुपमा अघि बढाउँदै राष्ट्र विकासमा योगदान पुर्याउनुपर्छ भन्ने सोच उहाँमा प्रवल थियो । महासंघको भूमिकालाई स्थापित गर्न उहांले पुर्याउनु भएको योगदानलाई नेपाली निजी क्षेत्रले उच्च मूल्यांकन गरेको छ । उहांको निधनबाट महासंघ लगायत सिंगो निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ ।

शोक प्रस्तावमा उल्लेख छ-स्वर्र्गीय तिवारी एक उद्यमी व्यवसायी, मात्र नभई अत्यन्त इमान्दार, विवेकशिल, कर्तव्यनिष्ठ र स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहांको निधनबाट राष्ट्रले एक होनाहार उद्योगी व्यवसायी गुमाउनु परेको छ । यस दुःखद घडीमा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गीय तिवारीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

शोक सभामा स्वर्गीय तिवारीको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । शोक सभामा महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको समेत उपस्थिति थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by