Dec 18, 2018
लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ,३ पुस ।

महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ५ देखि १६ गते सम्म संचालन हुने १५ औं सस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु्र्याउने उदेस्यले कास्कीको लेखनाथमा रहेको लेखनाथ उद्योग बाणिज्य संघ र विभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा हुन लागेको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगी उद्घाटनको संघारमा जुटेको मंगलवार महोत्सव स्थलमा राखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्न सैलीबाट गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउदै एउटै थोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने उदेस्य राखिएको छ ।

करिव ५० रोपनी क्षेत्रफल भित्र फौलिएको महोत्सव स्थलभित्र कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रर्दशनी, सुचना प्रविधी, फुड एण्ड बेभरेज, घरेलु हस्तकाल, बैक तथा वित्तिय सस्था लगाएका करिव तीन सय ५० वटा स्टलहरु रहने र हरेक दिन फरक फरक सैलिका मनोरञ्जतात्मक कार्यक्रमहरु समाबेस गरिएकाले हामीले यसलाई महोत्सवको पनि महोत्सवका लिएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको भनाई रहेको थियो ।

कार्यक्रममा संघका उप महासचिव तथा प्रचार प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सव अबधिभर तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थीक कारोवार हुने अपेक्षया गरिएको बताएका थिए । यसैविच महोत्वबाट करिव एक करोड २५ लाख आम्दानी हुने र खर्च कटाएर बाकी हुन आउने रकमबाट महोत्सव स्थल परिसरमा बन्न लागेको कृषि उपज खरिद बिक्रि केन्द्रको निर्माण , प्रदर्शनी स्थलको स्तर उन्नती र अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने जानकारी गराएका थिए ।

सवै खाले दर्शकहरुको लागि हुने गरि महोत्सवममा कबि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा देशव्यापी खुल्ला कविता प्रतियोगिता, लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत गायन विधाको गण्डकी तारा, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, मातृशक्तिको सम्मानमा रत्यौली गित प्रतियोगिता, युवाहरुको लागि म्याुजिक पप कन्सर्ट, विद्यालय स्तरिय नृत्य प्रतियोगिता र स्थानिय उत्पादन तथा कृषि प्रदशनी, शैक्षिक प्रदर्शनी, सुचना प्रविधिलाई समावेस गराईने भएको छ ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, प्रचार प्रसार उप समितिका संयोजक गोपिचन्द्र बास्तोला र नेपाल पत्रकार महासंघ कास्की साखाका सचिव रामपसाद तिमल्सेना लगाएताले महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोगको आवस्यक रहेकोमा जोड दिएका थिए ।

आजनै विद्यालय स्तरीय नृत्य प्रतियोगीता को अडिसन चरण सम्पन्न भएको र रत्यौली गित प्रतियोगिता को अडिसन भैरहेको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by