Dec 01, 2018
                        
                        
                                                 
 
                        
                                                
‘‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि‘‘  भन्ने मुल नाराका साथ आगामी पुस ५ गते देखि १६ गतेसम्म संचालन हुने १५ औं सस्करणको लेखनाथ महोत्सवका सन्दर्भमा आमा समुहको वृहत भेला शनिवार सम्पन्न भएको छ । शनिवार बसेको  तयारी भेलामा यस क्षेत्र भित्र रहेका आमा तथा महिला समूहले विगतका वर्ष जस्तै यस बर्ष पनि महोत्सवलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
विगतका महोत्सवमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै यस बर्षको महोत्वलाई अझ वढी प्रभावकारी बनाउनका लागि आमा तथा महिला समूहहरु टोल टोलमा पुगी प्रचारात्मक अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन् । १५ औं संस्करणको लेखनाथ महोत्सवमा यस क्षेत्रका महिला उद्यमीद्वारा निर्मित हस्तकला तथा कृषि सामग्री राख्नका लागि लेखनाथ महोत्सवमा यस वर्ष पनि आयोजकले निःशुल्क स्टल उपलव्ध गराउने भएको छ ।
महिला तथा आमा समूह परिचालन समन्वय समितिकी संयोजक जानुका पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उवासंघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी, बरिष्ठ उपाध्यक्ष वलराम ढकाल लगायतले महोत्सवमा आमा तथा महिला समूहको भूमिका अहम रहेको वताए ।
रत्यौली कार्यक्रम र झ्याकी र्याली सम्वन्धी नियम तथा कार्यक्रम सम्वन्धी जानकारी दिंदै महिलाहरुद्वारा राखिएका जिज्ञासा मेटाउन भेला सफल रहेको जानकारी लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जानुका अधिकारीले दिएकी छन् । बरिष्ठ उपाध्यक्ष बलराम ढकालले कार्यक्रमका विविधता वारेमा जानकारी दिएको उक्त भेलाको कार्यक्रम सञ्चालन महासचिव भरतकुमार अधिकारीले गरेका थिए । रत्यौली गीत प्रतियोगिता व्यवस्थापन उपसमिति सह–संयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।