Nov 14, 2018
१५ औ सस्करणको लेखनाथ महोत्सव पुसको पहिलो साता
 
कास्की, २७ कार्तीक ।

गण्डकी प्रदेशको आर्थीक तथा समृद्धिमा सहयोग पुर्‍याउने उद्धश्यले १५ औं सस्करणको लेखनाथ महोत्सव आगामी पुस ५ देखि १६ गते सम्म हुने भएको छ ।

लेखनाथ उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा संघको स्थायी प्रदशनी केन्द्र डाडाकोनाकमा हुने महोत्सवका बारेमा मंगलवार राखिएको छलफल कार्यक्रममा महोत्सवलाई सफल पार्न सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरिएको हो ।

महोत्सवको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ भए पनि यो महोत्सव सवै सवैका लागि भएकाले उत्पादक र उपाभोक्तालाई एउटै थोलोमा जम्मा गरि आर्थीक गतिविधीलाई प्रबद्धन गर्ने उदेस्यले महोत्सव गर्न लागेको संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिएका छन् ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी,ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्राङत बराल,गण्डकी प्रदेश ट्राफिक कार्यालायका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र कुमार वस्याल,डाडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरिक्षक मोहन बहादुर खााड,वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, आदीवासी जनजाती महासंध कास्कीका संयोजक जंगबहादुर गुरुङ,नेपाल दशनामी समाजका क्षेत्रिय संयोजक मोती गिरी र ङएयो तमु धि लेखनाथका अध्यक्ष मानबहादुर गुरुङ लगाएतले १५ औ लेखनाथ महोत्सवलाई भब्य र सभ्यताका साथ सफल पार्न सबैको साथ सहयोग आवस्यक पर्नेमा जोड दिएका थिए ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको छलफल कार्याक्रमको संचालन महासचिव भरतकुमार अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by