Nov 06, 2018
                        
                        
                                                 
 
                        
                                                
मकवानपुर उवासंघले विभिन्न सम्बन्धित निकायका नवआगन्तुक प्रमुखहरुको स्वागत गर्ने परम्परा कायमै राखेको छ । आज २०७५ कार्तिक १९ गते मकवानपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयका नवआगन्तुक प्रमुख कर अधिकृत तथा कर अधिकृतहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको स्वागत तथा छलफल कार्यक्रममा हालसालै मात्र आन्तरिक राजश्व कार्यालय मकवानपुरमा सरुवा भई आएका प्रमुख कर अधिकृत सन्तबहादुर ढकाल तथा कर अधिकृतहरु हरेराम ढकाल, नारायण भण्डारी, सरोजकुमार ढकाल, दिपककुमार ढकालको स्वागत गरिएको हो ।
संघका महासचिव प्रमोदसिंह रानाभाटले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष कटुवालले आन्तरिक राजश्व कार्यालय र संघबीचको सुमधुर सम्वन्ध कायमै रहनु पर्नेमा जोड दिए । सबैलाई टिका तथा गलबन्दी लगाई गरिएको स्वागत कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमशर्मा ढकालले कर कार्यालयका नयाँ प्रावधानहरुको विषयमा करदातालाई समय मै जानकारी प्रदान गरी सचेत गराईनुपर्ने विषयमा जोड दिए ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत ढकालले संघले करदाता शिक्षाकालागि गरेको कार्यक्रमको प्रशंसा गरे । नागरिककै सेवाकालागि राज्यले कर संकलन गर्ने भएकाले सबै करदातालाई सहज ढंगमा कर बुझाउने व्यवस्थाकालागि करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रमलाई जोड दिईने पनि ढकालले बताए । निजी क्षेत्रले नै सरकारलाई सबैभन्दा बढी कर तिर्ने भएकोले आफु निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्ने बताउँदै उनले नजिकिदै गरेको चाडहरुको शुभकामना पनि व्यक्त गरे ।
व्यवसायी र आन्तरिक राजश्व कार्यालयबीचको दुरी पहिले भन्दा अहिले धेरै नै नजिक भएको बताउँदै संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवादज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, गणेप्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, विष्णुगोपाल महर्जन, सहकोषाध्यक्ष राधिका सामरी पाण्डे, कासस दिवस पराजुली, कृष्णप्रसाद ढुंगाना, प्रतिमा श्रेष्ठ, राजु अधिकारी, नरेन्द्र भण्डारी, गोविन्द रिजाल, कृष्णहरि बर्तौला, पश्चिमी क्षेत्र समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।