Nov 05, 2018
                        
                        
                                                 
 
                        
                                                
२०७५ कार्तिक १९ गते
मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गरिन लागेको अतिथि गृहको शिलान्यास हेटौंडा उपमहानगरपालिका कार्यालयका नगरप्रमुख हरिबहादुर महतज्यूबाट गरिएको छ । तिहारको पहिलो दिन विहान ७ बजेर २८ मिनेटको  शुभ साईमा शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रम अघि संघका अध्यक्ष कृष्ण कटुवाल र नगरप्रमुख हरिबहादुर महतज्यूले संयुक्त रुपमा पूजा गरेका थिए ।
संघको हेटौंडा वडा नं. २ मा रहेको जग्गामा पल्पसा सभागृहलाई यथावत राखी उत्तर पश्चिम भागमा १५ धुर जग्गामा ३२ कोठा र १ अत्याधुनिक सभाहल समेतको ५ तल्ले आधुनिक भवन निर्माण गरिन लागिएको हो । भवनको पहिलो चरणको नक्सा बनाउने कार्य सकिएको छ । भवन २ वर्षभित्र निर्माण गरिसक्ने संघका सचिव तथा संयोजक विष्णु गोपाल महर्जनले बताए ।
उक्त भवन करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य लिईएको छ । निर्माणमा लाग्ने आवश्यक खर्च संघलाई भार नपर्ने गरी दाताहरुको सहयोगमा संकलन गर्ने योजना राखिएको छ । अतिथि गृहमा व्यक्ति÷संघ÷संस्था जो कोहीले पनि रकम जम्मा गर्न  सकिने व्यवस्था गरिएको र दाताहरुको नाम सहयोग राशि अनुसार शिलालेखदेखि अतिथि कोठा र सभाहलमा पनि राखिने अध्यक्ष कटुवालले बताएका छन् । 
कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमशर्मा ढकाल, जीवनकाजी माकजु श्रेष्ठ, सल्लाहकार एकालाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, गणेश प्रसाद भेटुवाल, रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, कासस विष्णु खनाल, माधव ज्ञवाली, कृष्णप्रसाद ढंगाना, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, राजु अधिकारी, राजाराम कार्की, रुपकराज दाहाल, दिवस पराजुली, दिपक खत्रीका साथै पुरानो गोरखगणका सेनानी अनिल बुढाथोकी, निर्माण व्यवसायी संघका अध्यक्ष श्याम सुन्दर ढकाल, प्याव्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, संघका वस्तुगततर्फका अध्यक्ष तथा प्रतिनिधि, एशोसियटतर्फका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।  शिलान्यास कार्यक्रम पण्डित रामचन्द्र आचार्य “फुर्सदी” ले वैदिक विधि अनुसार गराउनु भएको थियो ।